नेता ज्यूको पत्रकार सम्मेलन !

✍️ सुभाषचन्द्र देवकोटा 

मन्त्री पद खुस्किए पछि!
नेता ज्यूको पत्रकार सम्मेल्न सम्पन्न भयो !
**
उत्कृस्ट काम गरेकोमा! नेताज्यूले छाती फुलाए !
उत्कृस्ट कामहरूको! फेहरिस्त सुनाए!
**
हेलिकप्टरबाट बाढी पहिरोको अवलोकन गरे!
**
केही पोका चाउचाउ र चिउरा राहत स्वरूप हेलिकप्टरबाटै खसाले!
***
मोटरको लस्कर लगाएर, गृह जिल्ला पुगे!खादा, माला लगाए!
विकासको मूल फुटाउने कुरा गरे!
***
केही थान मान्छेहरुलाई, सल्लाहकारमा मनोनित गरे!
उनीहरुको निम्ति मोटर र भत्ताको व्यवस्था गरे!
**
परिवारिक प्रयोजनका लागि दुई,चार मोटर मन्त्रालयबाट जोहो गरे!
***
मन्त्रालयमा कर्मचारीसँग ठेकदारहरूको सेटिङ्ग मिलाए!
***
सेटिङ्गमा नमिल्ने कर्मचारीहरुको लिस्ट बनाउन लगाए!
**
दात्री निकायका मान्छेसँग भेटेर विदेश भ्रमणको चाजोपाँजो मिलाए!
****
दुई चार जना कार्यकर्ताको जागिरको लागि कुरा चलाए!
***
केही पत्रकारहरूलाई अन्तरवार्ता दिए!
****
मन्त्रालयको भित्तामा आफ्नो फोटो टाँस्न लगाए!
***
आफू बस्ने मन्त्रीक्वाटर सजाए!
**
दिनै जसो नेताज्यूको घरमा हाजिर लगाए!
विरोधीको कुरा लगाए!
****
वाचाल मन्त्रीज्यूको,
प्रगती विवरण सुनेर पत्रकारहरू दङ्ग परे !
तर!
कमिसन वापत कति पैसा थुप्रियो ?
कुन कुन सरकारी जमीन छोराहरूको नाउँमा पास गरियो?
कुन कुन होटेल,स्कुल र अस्पतालमा लगानी गरिए ?
एरपोर्टबाट कति किलो सुन घर भित्रिए ?
राजदूत र हाकिम छन्दा कति कमिसन आयो?
यी कुराहरुबारे
न त पत्रकारहरुले सोधे!
न त पत्रिकामा छापियो!
********
(# को कसैसँग यो प्रसंग मिल्न गएमा मात्र संयोग मानिने छ )