लेटाङ,२६ साउन । मोरङ लेटाङ नगरपालिका ९ बुढौली चौक स्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लेटाङ ८ का २४ बर्षीय पदम बहादुर राई रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी लेटाङबाट थप अनुसन्धान भईरहेको छ ।