प्रकृतिको प्रलय (लक डाउन कविता-७)

✍️ सुभाषचन्द्र देवकोटा

हरियो पहाड !
अडिन ढुंगा नै चाहिन्छ !
****
जीवनको जग!
धान्न माटो नै चाहिन्छ!
*****
सजीव जीवनमा!
रस भर्न पानी नै चाहिन्छ!
****
ढुंगा,माटो,पानी!
सृस्टिको आधार !
*****
तर मान्छे!
आफ्नै जीवनधरा !
प्रकृतिसँग अहिष्णु छ!
सृस्टिको आधारशिला,
प्रकृतिको वैरी बनेको छ !
प्रकृतिको सहिष्णुतामाथि,
अविछिन्न,निरन्तर,
प्रहार गरिरहेको छ!
*****
अनुदार ,अहंकारी मान्छे!
जंगल मासेर,
कंक्रिट बस्ती बसाल्छ!
सुरुङ्ग बनाएर,
प्रकृतिको छाती कोपर्छ!
डोजर चलाएर,
पहाडको कमलो शरीर,
छिया छिया पार्छ!
******
इर्स्यालु मान्छे!
नदीको मुहान छेकेर!
आफ्नो तिर्खा मेट्छ!
नदीको अविरल यात्रा रोकेर ,
समृद्धिको खोजी गर्छ !
*****
जब निरन्तरको प्रहारले,
अहात
प्रकृतिदेवी,महामाया
जागृत हुन्छिन्!
र आफ्ना अवयवहरुमा!
मान्छेहरुको खुनी पन्जा यत्रतत्र देख्छिन!
तब पीडाले हुकार गर्छिन-
प्रलयको!
*****
प्रकृतिमाथिको दुष्कर्मको परिणाम
हामी भोगी रहेका छौ!
******