भन ! उसले के बिरायो ? (आजको कविता )
तिम्रॊ झुट र फरेब विरुद्ध,
उसले सत्यको कुरा उठायो!
तिम्रो दासत्वको विरुद्ध,
उसले न्याय कुरा उठायो!
तिम्रॊ कालो धन्दामा!
उसले अगुल्टो झोस्यो!
भन! उसले के बिरायो?
***
तिमीले सेतोलाई कालो भन्यौ,
उसले सेतोलाई सेतै भन्यो!
तिमीले घरको जग भत्तकायौ,
उसले त्यसको प्रतिकार गर्यो!
तिम्रो लुटको राज्यमा,
उसले अगुल्टो झोस्यो!
भन! उसले के बिरायो?
***
तिमीले विवेक बेच्दा,
उ स्वाभिमानी हात उठायो !
तिमीले दुरचारीहरुसंग संगतगर्दा,
उसले न्यायको आवाज उठायो!
तिम्रॊ अनाचारको अखडामा,
उसले अगुल्टो झोस्यो!
भन !उसले के बिरायो?
***
तिमीले लुटको खायौ!
उसले पौरखको खायो!
तिमी ठगीमा रमायौ!
उ इमान्दारितामा रमायो!
तिमिले विधि विधान लत्यायौ!
उसले नीति नियम मान्यो!
तिम्रॊ बेथितिको सिन्डिकेटमा,
उसले अगुल्टो झोस्यो!
भन!उसले के बिरायो?
***
तिम्रॊ अरिंगालको गोलामा,
उसले अगुल्टो झोस्यो!
भन! उसले के बिरायो?
*******
स्थान : लुमसाङ्ग, म्याग्दी
2077/12/ 28




















