✍️ सुभाषचन्द्र देवकोटा 

उहिल्यै,उहिल्यै,
हजुरबाहरूको पालामा!
राणाहरुको जगजगी थियो!
राणाहरू,
देशलाई हत्तकेलामा नचाउँथे!
बिरोध गर्नेहरुलाई,
ज्यूदै झुण्ड्याउँथे!
गोली हानेर मार्थे!
उर्दीको भरमा नियम कानून
चलाउथे!
आफूलाई आफै अजम्मरी घोषणा गर्थे !
******
पछी,बाहरूको पालामा!
पञ्चहरुको विगविगी बढ्यो !
पञ्चहरू,
पञ्चभेलाहरू गरेर देशको सम्पत्ती स्वाहापार्थे!
विरोधीहरुलाई,
अरास्ट्रिय भनेर दोहोलो काड्थे!
जेलमा कोच्थ्ये!
गोली ठोकेर दिन दहाडै
आतंक मच्चाउँथे!
मूर्तिहरु बेचेर,
सम्म्पत्ती जोड्थे !
आफूलाई सर्बेसर्बा ठान्थे!
*****
फेरी पछि,
दाईहरुको पालामा!
ब्यापारी राजा भए!
गाउँ गाँउमा मान्छेहरू जम्मा गरेर,
जय जयकार गर्न लगाउँथे!
बिरोधीहरुलाई,
झुट्टा मुद्धा लगाएर जेल कोच्थ्ये !
देशको ढुकुटी रित्याएर
विदेशको सयर गर्थे!
आफूलाई आफै भगवानको अवतार ठान्थे!
*****
तर अहिले! हाम्रो पालामा!
गणतन्त्रका नयाँ राजाहरू छन् !
कुरा चिल्ला,मिठा गर्छन्
तर!भित्र भित्रै कैची मार्छन्!
जनताको सपनाको व्यापार गरेर,
आफ्नो भकारी भर्छन्!
अड्डा अदालत सबै तिर सेटिंग मिलाउँछन्!
संबिधान र कानुनहरु हातमा नचाउँछन्!
साँढे झै नांगै डुक्रन्छन्!
आफैले आफैलाई महानायक घोषणा गर्छन्!