शिला खोप्न हिडेको छु अहंकार बोकेर
नाम नमेटियोस् कहिल्यै इतिहासमा
फोटो भित्तामा झुन्ड्याउने युगौ सम्म
अतृप्ति अभिलाषा जीउँदै छन् मेरा।कति बढेका मेरा आकांक्षाहरु
दिने केहि छैन बिचार षड्यन्त्र बाढिदिन्छु
म संग मनचिन्ते झोला छ
दिल्लीले दिएको उपहार मलाई।![]()
मेरा फोटोहरु छातिमा धरुन्
मेरा भनाई अरुको शिर चढुन
लोभि छन् जो जे आवश्यक पर्छ
पद पैसा मनचिन्ते खोल्दिन्छु लैजाउन्।कसैको टाउकोमा हात राख्दिन
भस्मासुर मेरो उपाधी चरितार्थ हुन्छ
मुर्कट्टाहरु बग्रेल्ती देख्छु सामु
धर्म र बुटनहरु जलझली आखामा छन् ।भजाउन सिपालु नैतिकता र इमान
देसभक्त हुन्छ कहिले इन्डियन गित गाउदै
मन्त्र उतैको गाए पनि नेपाली हुन्छु
अनुहार नेपाली नक्कली कुजात देखिन्छु।
- कवि देवराज कार्की "मिलन"
२०७८/०५/१०




















