✍️ सुभाषचन्द्र देवकोटा 

जब उसले पराईको हातको
नुन खायो!
उसको अनुहारको ओज हरायो !
उसले आफ्नो सत्व गुमायो!
***
नुनमा पल्किए पछि!
उसले आफ्नो
-माटोको सुगन्ध बिर्सियो,
-पानीको स्वाद बिर्सियो!
सबै मर्यादाहरू कुल्चिएर!
आफै ठडिएको जग भत्कायो!
***
नुन खाए पछि!
उसको विवेक हरायो!
स्वधर्म बिर्सियो!
मालिकको आदेशमा!
आफ्नै घरमा ढुङ्गा बर्सायो!
आफन्तहरुको खेदो खन्यो,
वेदखल गर्यो !
*
नुन प्रेमले गले पछि!
उसले पराईको इसारा बुझ्न थाल्यो!
इतिहासमाथि कैची चलायो!
सत्य र निष्ठामा आगो झोस्यो!
विधि मिच्यो,विधान मिच्यो!
महानायक भएको स्वांग रचेर,
-देशको चीर हरण गर्यो!
****
नुनसँग विवेक सट्टाबट्टा गरेपछी,
उ अहंकारी बन्यो!
बिध्वंसकारी बन्यो!
न विधि मान्यो!
न विधान मान्यो!
आफुलाई अजम्बरी ठानेर
आफ्नै गोडामा बन्चरो हान्यो!