✍️ रामप्रसाद रिजाल

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट फुटेर गएका नेकपा एकिकृत समाजवादी पार्टी का अध्यक्ष माधव नेपाल लाई नेकपा र एमाले फुटाउदा धेरैले भनेका थिए सत्ता र पदले छटपटिएका भनेर । राष्ट्र राष्ट्रीयता र संविधान जोगाउन नेकपा फुटाउनु परेको एमाले फुटाउनु परेको प्रचण्ड र माकुने हरूको तर्क थियो ।

प्रचण्ड र माकुनेको यो तर्क कसैले पत्ताएका थिएनन । सबैले सत्ता र पद मोहको चरम नाटक हो भनेका थिए । प्रतिनिधि सभामा दर्ता भएर पनि छलफलको लागि टेवल हुन नसकेको अमेरिकी सहयोग सम्झौता एमसिसि को विषय नंया देउवा नेतृत्व को गठबंधन सरकार बनेपछि एकाएक उठ्यो । एमसिसि पास गर्ने पत्र अमेरिका लाई पठाएर माओवादी अध्यक्ष प्रचण्डले नियोजित रुपमा त्यसको विरोधमा पार्टी को कार्यकर्ता लाई उचालेर आफ्नो पक्षमा जनमत बनाउन प्रयास गरे जब प्रचण्डले एमसिसि पास गर्ने याचना पत्रमा प्रधानमंत्री शेर बहादुर देउबा संग हस्ताक्षर गरेर पठाएको पत्र सार्वजनिक भयो प्रचण्डको असली चरित्र नाङ्गियो ।

अन्नत प्रचण्डले गठबंधन र सरकार जोगाउन सो पत्रमा हस्ताक्षर गर्नुपरेको भन्नै पर्यो । खुलेर सरकार र गठबंधन जोगाउन पत्रमा हस्ताक्षर गरेको बताउने प्रचण्डले कार्यकर्ता लाई एमसिसि राष्ट्रघाटी हो भनेर उचाली रहे त्यसमा माकुनेले पनि एमसिसिको विरूद्ध मा कार्यकर्ता उचाली रहे। प्रधानमंत्री शेर बहादुर देउवा लाई प्रचण्डले एमसिसि संसद बाट पास हुने हो भने गठबंधन टुटाउने र सरकार छाड्ने धम्की पनि दिए ।एकातिर आफै सरकारमा बसेर प्रतिनिधि सभामा एमसिसि सम्झौता सरकारको तर्फ बाट टेवल गर्न लगाउने अर्को तिर बाहिर सडकमा कार्यकर्ता उचालेर तोडफोड गर्ने र प्रहरीलाई ढुङ्गा मुढा गर्न लगाउने काम प्रचण्ड र माधव नेपालले गरिरहे ।

प्रचण्ड र माकुनेको नाडी छामिसकेका प्रधानमंत्री देउवाले प्रचण्ड र माकुनेको धम्कीबाट डराएनन । प्रचण्ड र माकुनेको धम्कीको देउवाले वास्ता नै गरेनन । प्रचण्ड र माकुनेले हानेको तीर देउवाले उनीहरू तिरै फर्काइदिए । एमसिसि पास नगर्ने हो भने गठबंधन टुटाउने र माओवादी र माधवका मन्त्रीलाई हटाउने धम्की देउवाले दिए । अन्तमा प्रचण्ड र माकुनेले दिने भए तातोपानी देउ नभए चिसै पानीले नुहाउने भन्नेमा पुगे । तातोपानी नपाए पछी प्रचण्ड र माकुने हरू चिसै पानीमा नुहाउन तयार भए । प्रचण्ड माकुने हरू देउवाले भने जस्तै जस्ता को तस्तै एमसिसि पास गर्न तयार भए । एमसिसि सम्झौता राष्ट्रघाटी हो भनेर सडक भत्काउने सार्वजनिक देखि व्यक्तिगत संरचना तोडफोड गरेर दुनियां लाई भ्रम छर्ने प्रचण्ड र माधवले अहिले संकल्प प्रस्ताव जारी गर्दै एमसिसि पास गर्ने ठाउंमा पुगे ।

जुन संसारलाई ढाट्ने प्रयत्न बाहेक होइन । प्रचण्ड र माधव र उनीहरूका कार्यकर्ता हरू सोचे जस्तो नेपाली जनता हरू अबुझ छैनन । नेपाल को संसद ले संकल्प प्रस्ताव पारित गरेर MCC सम्झौंता परिवर्तन हुनेवाला छैन । यो देउवा प्रचण्ड र माकुने हरुले लाज ढाक्न ल्याएको पारदर्शी लुगा मात्र हो । पारदर्शी लुगा लगाएर लाज ढाक्न खोज्ने देउवा प्रचण्ड र माधव हरू जनताका अघाढी नाङ्गै भएका छन । प्रचण्ड र माधव हरूको राष्ट्रवाद सत्ता जोगाउने र एमाले सिद्ध्याउने रणनीति भएको प्रमाणित भएको छ । तय एमाले होइन माओवादी र माधव को पार्टी सिद्धिसकेको छ ।

जसको प्रमाण चुनावले दिने छ भने कांग्रेस पनि निक्कै कमजोर भएको छ एमाले प्रति देखिएको देशव्यापी जनलहरले एमालेलाई बहुमत मात्र होइन दुईतिहाई नै ल्याउन कुनै तागतले रोक्न सक्दैन । व्याख्यात्मक घोषणा लाई MCC बोर्डले ठाडै अस्वीकार गर्छ किनभने MCC बोर्डले पहिले नै भनीसकेको छ कि यो सम्झौंता कुनै पनि हालतमा परिमार्जन हुदैन । यो देश र जनतालाई झुक्याउने देउवा प्रचण्ड र माधवको रणनीति मात्र हो । जीवनभर ढांट र बेइमानी को राजनीति गर्दै आएका प्रचण्डको बेइमानी फेरि एकपटक उदांगिएको छ । सधै सत्ता शक्ति र मान मात्र खोज्ने माधव नेपाल त्यसको लागि के के गर्न सम्म तयार हुन्छन भन्ने कुरो प्रष्टिएको छ ।

लेखक: ✍️ रामप्रसाद रिजाल नेकपा एमालेका प्रखर वक्ता तथा प्रभावशाली नेता हुन ।