भोजपुर जिल्लाको साविक पात्लेपानी गा वि स- ( हाल हतुवागडि - ७ ) मा २०३१ सालमा बुबा निरबहादुर  र आमा गंगाजमुना कार्की को कोखबाट जन्मिएका राजेन्द्र कार्की हाल नेकपा एमाले सुनसरीको बराहक्षेत्र नगर कमिटीको सचिव हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टीको सर्बर्हारा र श्रमजिबी जनता प्रतिको स्पष्ट दृस्ठिकोण र कार्यनिती तथा जनबादी कार्यदिसाबाट प्रभावित भइ २०४६ देखि नै कम्युनिस्ट बिचार र सिद्धान्तबाट प्रेरित हुदै स्कुल तह देखिनै अनेरास्ववियुमा संगठित हुदै महेन्द्र माबि प्रा.क.बाटै .बिधार्थी राजनितीक यात्रा शुरु गर्नु भएको कार्कीको राजनितीक यात्रा संघर्षपूर्ण र लामो इतिहास छ ।

२०५४ सालको पार्टी बिभाजन होस या ०६२ / ६३ को आन्दोलनमा मोरङबाट बिद्यार्थी राजनितिको नेतृत्व कुसलतापूर्वक सम्पन्न विभिन्न विद्यार्थी आन्दोलनमा घाइते एबम पटक पटक गिरफ्तारी, धरपकड र नजरबन्दमा पर्नुभएको नेता कार्की २०७२ सालमा महेश बस्नेत उधोगमन्त्री भएको समयमा नेपालको पुरानो र पहिलो उद्योग बिराटनगर जुटमिलको जीएम भइसक्नु छ । पार्टीका युवा पङ्तिमा र केन्द्रीय नेतृत्वको नजरमा समेत भिजनरी र प्रभावशाली छवि बनाएका कार्कीलाई सफल नेतृत्वको रुपमा हेरिन्छ । ०६२ / ०६३को आन्दोलनकै क्रममा समाजशास्त्र र ग्रामीण बिकास विषयमा स्नातकोत्तर गरि सक्नुभएका कार्की समकालीन राजनीतिकर्मिहरुको बिचमा सफल शैक्षिक योग्यता हासिल गर्ने युवा नेतामा पर्नुहुन्छ ।

कार्की गत सालको प्रतिनिधि सभा विघटनको समयदेखि पार्टीमा बैचारिक बिचलन देखिँदा स्थानिय एबम केन्द्रिय नेतृत्वको सल्लाह र सुझाब अनुसार बराहक्षेत्र नगर कमिटीको सचिवको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ। उहाँले बराहक्षेत्रको नेतृत्व सम्हाल्न सुरु गरेदेखिनै पार्टीमा देखिएको संकटकालिन राजनितिलाई सहजताका साथ सम्हाल्न सफल कार्की गत कार्तिक ९ गते सम्पन्न बराहक्षेत्र नगर एमालेको सर्बसम्मत सचिवमा निर्बाचित कार्की छोटै समयमा पार्टी कार्यकर्ता र स्थानिय बुद्दिजिवी सबैको मनमनमा बस्न सफल हुनुभएको छ। उहाँ एउटा कुसल सङ्ठक हो भन्ने छाप आम बराहक्षेत्रबासी एमालेजनमा पार्न सफल हुनुभएको छ। यस पटकको स्थानिय तहको निर्बाचनमा बराहक्षेत्र नगरपालीकाको मेयरका आकांक्षी पनि हुनुहुन्छ । कार्की संग नजिकिदै गरेको वैशाख ३० गते हुने स्थानिय तहको चुनावको वारेमा गरीएको कुराकानीको अंश :

स्थानिय चुनाव नजिकि रहेको छ कत्तीको व्यस्त हुनु हुन्छ ?

यतीखेर पार्टीका कार्यक्रमहरु जनबर्गिय संगठनहरुको गठन,पुनर्गठन साथै मातहतका कमिटीहरुको भेला,बैठक,वार्डहरुका उम्मेद्वार सिफारिस लगायत र जनताका कामहरुमा अलिक व्यस्त नै छु।

तपाई पनि मेयर पदकालागि आकांक्षी हुनुहुन्छ भन्ने सुनिन्छ नी ?

तपाइले सुन्नु भएको कुरा सहिहो मलाई पार्टीका बिभिन्न तह तप्काका र बिभिन्न जन संगठन लगायतका धेरै साथीहरुले मलाई उम्मेद्वारीदिनु पर्छ भन्नु भएको छ । हाम्रो पार्टी श्रमजिबी सर्बहारा शोषित पिडित जनताहरुको पार्टी हो भन्ने बुझेर यो पार्टीमा म ०४६ साल देखिनै इमानदारी र निष्ठाका साथ आफुलाई केन्द्रमा नराखी पार्टीलाई केन्द्रमा राखेर पार्टीलाई संकट पर्दा सधै सत्तिसाल झै निरन्तर लागि रहेको अथक योद्दा हु भन्ने कुरा गर्बका साथ राख्दछु ०५४ सालमा पार्टी बिभाजनको बेला होस या ०५९ सालको शाही घोषणाको बेला होस या माओवादी जनयुद्धमा समेत पार्टीको बिचारबाट एकरत्ती पनि बिचलित नभईकन लागि रहेको छु।

०६२/०६३ को लोकतान्त्रिक जनाआन्दोलनको क्रममा पटकपटक नजरबन्द कारागार बस्ता समेत एकरत्ती पनि बिचलित नभै पार्टीको नीति र निर्देशन मान्दै आएको छु।मैले पार्टी र जनबर्गिय सङ्गठनको नेतृत्व गर्दा आफ्नो जिम्मेवारी र भुमिका कुसलतापुर्बक सप्पन्न गरेकै कारण आज मलाई नजिकबाट चिन्ने जो कोहिबाट सम्मानित भएको महसुस पनि गरेको छु, यस्तै यस्तै बिबिध कारण यो स्थानिय तहको निर्बाचनमा म ब्यक्तिले जित्न होइन बराहक्षेत्रमा एमालेले जितेको अनुभूति आम कार्यकर्ता नेता र पार्टी पङ्तिलाई महसुस गराउदै अघिल्लो हाम्रो पार्टीको नेतृत्वले गरेका राम्रो कामको निरंतरता दिदै बराहक्षेत्रबासिहरुले आफू बराहक्षेत्र नागरिक हु भन्दा गौरव गर्न लायक बनाउन मैले आफ्नो उम्मेद्वारी दाबी गरेको हु ! अहिले उम्मेदवारी दाबी गर्नेहरु विभिन्न मनसायले गर्ने गर्दछ्न कोहि आत्म सन्तुष्टि र सार्बजनिक खपतका लागि पनि गर्ने गर्छन मेरो उम्मेद्वारी अर्थपुर्ण र औचित्यपूर्ण परिणाममुखी हो।

उम्मेद्वारी पाउनु भयो भने तपाइको चुनावी एजेन्डा के के छन ?

मेरो चुनाबी एजेन्डा तराई देखि पहाडको सिर सुर्यकुण्डसम्म फैलिएको प्राकृतिक बिबिधताले भरिपुर्ण बराहक्षेत्रको कृषि, पर्यटन , शिक्षा , स्वास्थ , रोजगार र भौतिक पुर्बाधरको समग्र बिकास र सम्मुन्नत बराहक्षेत्रको परिकल्पना सहितको अल्पकालीन र दीर्घकालीन बिकासको योजनाका साथ प्रदेशकै नमुना सहरोन्मुख नगरको रुपमा बिकास गर्ने योजना छ।

अहिलेको राजनितीक अवस्थामा जसले बढी पैसा खर्च उसैलाई पार्टीले टिकट दिने हल्ला चल्न थालेको छ तपाइले उम्मेद्वारी पाउनु भयो भने कत्तीको खर्च गर्ने सोच बनाउनु भएको छ ?

श्रमजिबी सर्बहारा बर्गको पार्टी हो भन्ने बुझाई राखेर म यो पार्टीमा लागेको कार्यकर्ता भएको हैसियतले निर्बाचनमा पैसाको चलखेल गर्नुपर्छ र पैसा खर्च गर्नसक्ने ब्यक्तिलाई टिकट दिनुपर्छ भन्ने मान्यता कोहि कसैले राख्छ भने त्यस कुराको ठाढो बिरोधी हो । यो पार्टी गरिबको पार्टी , मजदुरको पार्टी , सर्बहराको पार्टी भएकोले हाम्रो पार्टीमा त्यस्तो हुदैन र हुनुहुदैन भन्ने मान्यता राख्दछु। यदा कदा निर्बाचनको सन्दर्भमा पैसाको चलखेल हुने मतदाताहरुको खरिदबिक्री हुने भन्ने कुरा प्रती बिस्वास गर्दिन तथापी सामान्य निर्बाचन आयोगको आचारसंहिताको दायरा भित्र रहेर निर्बाचनको क्रममा सामान्य खर्च हुन्छ नै हाम्रो पार्टीमा यसको ब्यबस्थापन पार्टीका समर्थक शुभचिन्तकको सहयोगबाट नै जोहो गर्ने हो र निर्बाचनमा फजुल र जथाभावी खर्च गर्ने परिपाटीले भ्रष्टाचारलाई पक्षपोषण गर्ने गर्छ र भ्रष्टाचारलाई बैधानिकता दिन्छ ।

जनप्रतिनिधिलाई भ्रष्ट र अनियमितता तर्फ उन्मुख गराउछ । यो कदापी जनताको हितमा हुदैन र निर्बाचनमा पैसाको चलखेल कसैले गर्छ भने त्यो राम्रो नियतले गरिदैन यस्ले जनअपेक्षाको र जनमतको अपमान गर्छ । यदाकदा उमेदवारहरुबाट निर्बाचनमा पैसाको खोलो बगाउने जनताको अमुल्य मतलाई पैसामा किन्ने दुस्प्रयास कोहि कसैले गर्छ र कोहि कसैले आफ्नो अमुल्य मत पैसामा बेच्छ भने किन्ने र बेच्ने दुबैले लोकतन्त्र र आवधिक निर्बाचनको अवमूल्यन आफ्नो जनप्रतिनिधि आफुले स्त: स्फुर्त छन्न पाउने हकको दुरुपयोग र जनमतको अपमान सिवाय केही हुने छैन होसियार यस्तो कोहि कसैबाट हुनुहुदैन।


नेकपा एमालेको यसपालिको स्थानिय चुनावमा देशभरिमा कस्तो नतिजा आउने परिकल्पना गरिरहनु भएको छ ?

हाम्रो पार्टीले ०५१ सालमा अल्पमतको ९ महिने सरकारले सुरु गरेका जनपक्षीय काम देखि ०७२ को सरकारले गरेका रास्ट्रियता स्वाभिमान,सार्भभौमसत्ता अखण्डताको पक्षमा हाम्रो सरकारले गरेका महत्त्वपूर्ण काम त्यस्तै ०७४ को सरकारले साढे तिनबर्षको समयमा गरेका महत्त्वपूर्णकामहरु तुइन बिस्थापन, सडक सन्जाल, राजमार्ग स्तरोन्नति देखि, राजमार्ग निर्माण र हवाइमार्ग निर्माण, सुरुङ्गमार्ग निर्माण जलविद्युत बिकास र बिस्तार पानीजहाज देखि रेलमार्ग सम्मको काम, रक्सौल अम्लेखगन्ज पेट्रोलियम पाइपलाइन सम्पन्नता, मेलम्ची आयोजना, भुकम्प पिडितबस्तिहरु निर्माण , गरिब दलितबस्तिहरु निर्माण ,धरहरा,रानिपोखरी दरबार हाइस्कुल, दसरथ रङ्गसाला निर्माण , थप अन्तर्रास्ट्रिय बिमानस्थल निर्माण र बिस्तार लगायत नेपालिहरुका बिकासका मुर्छित सपनाहरु जागृत गराउने अन्य सयकडौ महत्वपूर्ण कामहरु, नेपालको गुमेको भुमी फिर्ता गर्ने सवालको कुरा देखी ०७४ को स्थानिय तहको निर्बाचनमा पार्टीले हासिल गरेको जित र सम्पन्न गरेका स्थानिय तहका जनप्रतिनिधिहरुबाट भएका जनताका अपेक्षित कामहरुको मुल्यांकन गर्दा आगामी निर्बाचनमा हाम्रो पार्टीले देशका मुख्य मुख्य महानगर सहित ६०% भन्दा बढिमा बिजयी हुने कुरामा बिस्वस्त छु।

अन्त्यमा तपाईको केही कुरा छुटेको छ की ?

अन्त्यमा तपाईको लोकप्रिय अनलाइन मार्फत मलाई मह्त्वका साथ समयदिनुभएकोमा हार्दिक धन्यबाद साथै ढिलै भएपनी नया बर्ष २०७९ र तराईबासिहरुको सिरुवा पर्बको हार्दिक शुभकामना भन्न चाहन्छु।