काठमाडौ । काठमाडौं, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी डेरा बस्ने सर्लाही मुर्तिया घर भएकी ३५ वर्षीया मिरा मगर सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन् । कास्की, पोखरा महानगरपालिका–१४ मझेरीपाटन खाने पानी ट्याङकी नजिकै बिजयपुर खोला किनारमा हाल नाम, थर, वतन, नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

 

यसैगरी भक्तपुर, मध्यपुर ठिमी नगरपलिका–२ मगरगाउँ डेरा गरी बस्ने हुम्ला घर भएका करिब १९ वर्षीय बीर बहादुर बैजी सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । आइतबार राति खाना खाई सुतेकोमा सोमबार बिहान १० बजेसम्म ढोका नखुलेको भन्ने खबर प्राप्त हुनसाथ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको हो ।

उता बझाङ, खप्तड छान्ना गाउँपालिका– ७ गडराय गाउँकाछान्नामा राम बहादुर खडका सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धना गरिरहेको छ ।