नेपाली समाजमा पछिल्लो समय हत्या, हिंसा बलात्कारजस्ता अमानविय घटनाहरु लगतार बढ्दै गइरहेका छन् । केही महिना पहिले पाँचथरमा सामुहिक हत्या गरिएको थियो ।
उक्त हत्यामा परिवारकै ज्वाँई संलग्न भएको अनुमान गरियो जसले आत्यमहत्या गरेका थिए । अहिले फेरि पाँचथरको जिल्लाको हिलिहाङ गाँउपालिका–६, साविक भारपा–१ मा किशोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।
एनएमबी माइक्रोफाइनान्स हिलिहाङ–३ गोपेटारमा शाखामा कार्यरत थिईन् । इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव मंगलबार साँझ ६ वजेको अवस्थामा सिते भन्ने स्थानमा जङगलको गोरेटो बाटोमा फेला परेको हो ।
तामाङको शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले पुष्टि गर्नुभएको छ । वडाध्यक्ष यवाका अनुसार किशोरीको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो ।
घटना स्थलमा अहिले जोरपोखरी प्रहरी चौकि र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलि पुगेर अनुसन्धान गरिरहेको बताइएको छ । यो पनी हेर्नुहोस्, सरकारले प्लास्टिक र शक्तिवर्धक पेयपदार्थ (इनर्जी ड्रिंक्स)को आयात पूर्ण रुपमा रोक लगाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले इनर्जी ड्रिंक्सको आयातमा रोक लगाएको हो । मन्त्रालयले निकासी तथा पैठारीसम्बन्धी सूचित आदेशमा भएको व्यवस्था परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी गराएको हो । सरकारले यो भन्दा पहिले विदेशबाट आउँने तेलमा पनि रोक लगाएको थियो ।




















