इटहरी,११ साउन । सुनसरीको इटहरीस्थित जनता माविले शतप्रतिशत नतिजा नतिजा निकाल्न सफल भएको छ । यो वर्ष २८७ जना विद्यार्थीले एसइइ उत्तीर्ण गरेका छन् ।
पास हुने विद्यार्थीमध्ये ३७ जनाले ए प्लस र ८२ जनाले ए ग्रेड ल्याएको विद्यालयका प्रधानाध्यापक पशुपती सिग्देलले जानकारी दिए ।
यस वर्ष जनता माविले नै प्रदेश १ मा यति धेरै विद्यार्थी पास गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले दावी गरेका छन् । केही वर्षयता विद्यालयको पूर्वाधार, शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन थालेको विद्यालयले उत्साहजनक नतिजा निकाल्न सफल भएको उनले बताए ।
जनता माविले यो वर्षदेखि कक्षा ११ मा विज्ञान विषयको समेत अध्यापन सुरु गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दंगालले जानकारी दिए ।




















