✍️ रामप्रसाद रिजाल

निलम्बित सांसद विजयकुमार गच्छदार पटक पटक मन्त्री भए उनी नेपाल कै इतिहास मा सब भन्दा बढी मन्त्री भए र उनले अकुत सम्पत्ति कमाए । ०४८ साल को चुनाव अघि टायरको चप्पल लगाएर कार्यकर्ता लाई चिया समेत खुवाउने हिम्मत नभएका गच्छदार अहिले अरबौपती कसरी भए ? यिनलाई फेरी उम्मेदवार बनाउनु भनेको कांग्रेसलाई ठुलो चुनौती हो । कांग्रेसले भ्रष्टाचारी हरूलाई झन हौसला वा संरक्षण गर्नु हो ।

आलम जस्ता हत्यारा  जस्ता भ्रष्टाचारी बाहेक अरू अशल राम्रो चरित्र भएका उम्मेदवार बन्न लायक छैनन र यस्ता अपराधी पृष्ठभूमिका लाई मात्र कांग्रेसले सधै किन उम्मेदवार बनाईरहेको छ यो देश भरका जनताहरूको कांग्रेस लाई प्रश्न हो ।

215812250_4111442188972589_268198843327417070_n
                भगवती चौधरी

उनै गच्छदार सँग प्रतिष्पर्धा गर्न एमालेले सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा भगवती चौधरीलाई एकल सिफारिश गरेको छ । एमालेको केन्द्रिय सदस्य चौधरी लोकप्रिय नेता हुन उनी समाजसेवी र रोजगारदाता पनि हुन । उनलाई राज्यको शक्ति को दुरपयोग गरेर हारेर पनि जवरजस्ती गच्छदारले २ चोटी नै चुनाव जीते अब एमालेका नेता कार्यकर्ताहरू हातमा चुप लागेर बस्ने छैनन निष्पक्ष चुनाव र मतगणना भएन भने हामी र स्वयं प्रशासन संग लडेर पनि हामी धांधली हुन दिने छैनौ गच्छदार बल प्रयोग गरेर धांधली गरेर प्रहरी प्रशासनको भरमा चुनाव जित्ने चेष्टा गरे गच्छदारले ठूलो मूल्य चुकाउनु पर्छ वा गच्छदारलाई महंगो पर्छ । चेतावनी होस कांग्रेस र गच्छदारहरुलाई ।

गच्छदार जस्ता भ्रष्टाचारी चुनाव जित्न जे पनि गर्न तयार हुने गच्छदार लाई जसरी पनि उम्मीदवार हुनबाट रोक्नु पर्छ किन भने उनले भ्रष्टाचार मुद्दा मा उन्मुक्ति पाएका छैनन । वालुवाटारको जग्गा ललिता निवास बेच्ने प्रकरणमा गच्छदार संलग्न भएको मा प्रधानमंत्रीमा शेरबहादुर देउवा आए पछि उनलाई १० लाख धरौटीमा तारेखमा छोडेको मात्र हो । देउवा नेतृत्व को गठबंधन सरकारले शक्ति को दुरूपयोग गर्दै आलम र गच्छदारलाई प्रतिनिधि सभामा उठाउने निर्णय गरेर कांग्रेसले आफ्नो खुट्टामा आफै बन्चरो किन हानिरहेको छ ? कांग्रेस का महामन्त्री गगन थापाले गच्छदार र आलमको उम्मेदवारको खुलेर नै विरोध गरेका छन ।

सबै तिरबाट चौतर्फी विरोध हुदा हुदै पनि गच्छदार जस्ता भ्रष्टचारी आलम जस्ता हत्यारालाई किन उम्मीदवार बनाउदै छ कांग्रेस का नेता कार्यकर्ताहरूमा पनि एक किसिमको निराशा फैलिएर धमाधम एमालेमा प्रवेश गर्दैछन । भर्खर मात्र सुनसरी क्षेत्र नम्बर ३ बाट २ हजार भन्दा बढी कांग्रेस का नेता कार्यकर्ता एमालेमा एमालेका अध्यक्ष राजनेता केपी शर्मा ओलीले प्रवेश गराउनु भयो ।

एमालेकी नेता तथा पुर्व मन्त्री भगवती चौधरी सुनसरीको मात्र नेता हुनुहुन्न वहां राष्ट्रीय नेता हो चौधरीले जित्दा सुनसरीको क्षेत्र नम्बर ३ ले मात्र होइन समग्र राष्ट्रले जित्नेछ । पार्टी को केन्द्रीय नेतृत्व मा भएर पनि हजारौलाई रोजगार दिने मन्त्री भैसक्दा पनि सरल शालिन स्वभाव का धनी भगवती चौधरी बाट सबै नेता कार्यकर्ता हरूले सिक्नू पर्छ । धेरै जसो नेताहरु भाषण मात्र गर्ने काम जिम्मेदारी कम बहन गर्ने तर भगवती चौधरी भाषण भन्दा काम गर्ने नेपाल कै शान हुन । नेकपा एमालेले लिएको विकास र समृद्धि को नारा पुरा गर्न चौधरी को खांचो छ । 

लेखक : रामप्रसाद रिजाल नेकपा एमालेका युवा नेता हुन् । नेता रिजालको निजी विचार हो ।