पथरी,८ कात्तिक । मोरङको पथरी शनिश्चरे स्थित इलाका प्रहरी कार्यालयले प्रतिबन्धित एक बोरा बिभिन्न प्रकारका पटका नियन्त्रणमा लिई डिस्पोज गरेको छ ।
सरकारले पटका बिक्री वितरण पड्काउन निषेध गरेको छ । यो बर्ष प्लाष्टिक तथा रबरको फूल माला बिक्री गर्न समेत प्रतिबन्ध गरेको छ ।
पथरी र शनिश्चरे बजारमा प्रतिबन्धित विभिन्न साइज र प्रकारको पटका बिक्री गर्दै आएको जानकारी आएपछि सामान नियन्त्रणमा लिएर बिक्रेतालाई एक पटकको लागि छाडिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए ।
पक्राउ परेको बिष्फोटक पदार्थ ५० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको पटका आज मंगलबार पानीमा लगाएर डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।




















