विराटचोक,२ पुष । राष्ट्रिय निजी तथा आवासिय विधालय एसोसिएसन नेपाल,लोकनृत्य प्रतियोगिता २०७९ अन्तर्गत सुन्दरहरैंचा १० स्थीत हिमालय इंग्लिश स्कुल प्रथम भएको छ।
नेशनल प्याब्सन नगर कार्य समिति सुन्दरहरैंचाको आयोजनामा शुक्रबार बिराटचोकको जेसिज भवनमा सम्पन्न भएको प्रतियोगितामा सुन्दरवाटिका एकेडेमी दोश्रो र नेशनल एकेडेमी तेश्रो भएको छ। उक्त प्रतियोगितामा सुन्दरहरैंचा बाट ७ वटा स्कुल प्रतियोगितामा समावेस भएका थिए ।
सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्य रहेको र एनप्याब्सन सुन्दरहरैंचाका अध्यक्ष महेन्द्रकुमार राई को अध्यक्षतामा उक्त लोकनृत्य प्रतियोगिता सम्पन्न भएको थियो ।



















