अमेरिका,२२पुस । अमेरिकामा विद्यावारिधि गर्दै गरेका विद्यार्थी नेता थोमस बास्तोलाले विभिन्न कारण परदेशिन बाध्यहरुको कथाव्यथालाई गीतमा उतारेका छन्।
बास्तोलाको रचना रहेको ‘म देश खोज्दै परदेश आए’ नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको छ।
‘परदेशमा रहँदा भिन्दै खालका पीडाहरू हुन्छन्; कति भन्न सकिने र कति अनुभूति मात्र गर्न सकिने । मैले तिनै अनुभूतिलाई शव्दमा पोख्ने प्रयत्न गरेको छु ।’ गीतका बारेमा बास्तोलाले भनेका छन्।
गीतमा सुमधुर स्वरका धनी चर्चित गायक शिव परियारको स्वर भरेका छन्। यस्तै स्थापित संगीतकार पबिधन खालिङको सङ्गीत र बरिष्ठ पत्रकार नारायण श्रेष्ठको भूमिका वाचन गीतमा रहेको छ। बास्तोला नेपालमा रहदा नेकपा एमाले निकट बिधार्थी संगठन अनेरास्ववियुको केन्द्रिय उपाध्यक्ष समेत रहेका थिए ।



















