इटहरी,२६ पुस । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहको प्रहरी टोलीले बैकिङ कसुर मुद्दा र चेक अनादर मुद्दाको एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इटहरी उप-महानगरपालिका-९ बस्ने ४४ बर्षीया सिता कुमारी भेटवाल पोखरेल रहेकी छिन् ।

बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत बिराटनगर मोरङको मिति २०७९|०३|०१ गरेको सजाय निर्धारण फैसला आदेशले ५ लाख रुपैया जरिवाना र चेक अनादर मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालत ईनरुवाको मिति २०७९|०२|२७ गतेको सजाय निर्धारण फैसला आदेशले ३ महिना कैद, ३ हजार रुपैया जरिवान बेरुजु रहि फरार रहेकी पोखरेललाई गाँउघरमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाईएको  छ ।