पथरी,१८ माघ । मोरङको  विराटनगरमा  हिसान मोरङद्वारा सप्ताह खेलकुद अन्तर्गत सोमबार सम्पन्न भएको फुटबल खेल फाईनलको उपाधि कोशी क्याम्पसले उचालेको छ।

स्पोर्ट्स मिट्को अन्तिम फाइनलमा कोशी क्याम्पसले मोडन एरा कलेजलाई ० को विरूद्ध २ गोलको अन्तरले पराजित गरी उपाधि जितेको हो। 

फाइनल खेलको म्यान अफ द म्याच कोशीका प्रदिप तामाङ,हाई स्कोरर रेडस्टारका सुरज लिम्बू र मर्डन एराका नवीन चौधरी घोषित भएका थिए । दुवैले ५–५ गोल गरेका हुन् । 

No description available.उत्कृष्ट किपर कोशीका धिरेन्द्र परियार, प्रतियोगिताकै उत्कृष्ट खेलाडी कोशीका गौरव धिमाल तथा अनुशासित टिम पथरीशनिश्चरेकाे रेडस्टार कलेज घोषित भएको थियो ।

 यसैगरी, खेलकुद सप्ताह अन्तर्गत सोमबार नै सम्पन्न भएको छात्रा १ सय मिटर दौड प्रतियोगितामा रेड स्टारकी बिना लिम्बु प्रथम, अर्किडकी प्रियन्का थारु दोस्रो र शिक्षा दिपकी नेहा शाहले तेस्रो स्थान हासिल गरेका थिए भने २ सय मिटर दौडमा रेड स्टारकी बिना लिम्बु प्रथम, कान्तिपुरकी भूमिका चौधरी दोस्रो र शिक्षा दिपकी सुस्मा बस्नेत तेस्रो भएकी थिइन् ।

 त्यस्तै, छात्रतर्फ १ सय मिटर दौैडमा कान्तिपुरका नितेश राजवंशी प्रथम, शिक्षादीपका सर्फराज आलम दोस्रो र मेरिल्याण्डका राजकुमार चन्द्रवंशी तेस्रो भएका थिए।त्यस्तै, २ सय मिटर दौडमा कान्तिपुरका नितेश राजवंशीले प्रथम, मेरिल्याण्डका राजकुमार चन्द्रवंशीले दोस्रो र रेडस्टारका सुरज लिम्बुले तेस्रो  स्थान हासिल गरेका थिए ।

गत माघ ९ गतेदेखि सुरु भएको हिसान स्पोर्टस् मिटको ११ औं संस्करण सोमबार राति अन्तिम दिन रात्रीकालिन फुटबलको फाइनल खेल आयोजना गरेसँगै समापन भएको थियो।

No description available.मोरङ हिसानका अध्यक्ष अमित ढकालको सभापतित्व र  प्रदेश १ मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको  खेलकुद सप्ताह समापन कार्यक्रममा स्वागत मन्तव्य हिसान मोरङ्गका वरिष्ठ उपाध्यक्ष टि.एन. तिम्सिनाले राखेका थिए भने, कार्यक्रम संचालन हिसान मोरङ्गका सचिव गोविन्द निरौला र प्रदेश सचिव दिपेश वास्तोलाले संयुक्त रुपमा गरेका थिए।

सप्ताहव्यापी खेलकुदका विजयी तथा सहभागीलाई प्रदेश १ मुख्यमन्त्री  हिक्मत कुमार कार्की, हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवाल ,प्रदेश सभा सदस्य  भीम पराजुली, मोरंगका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई,राष्ट्रिय परिक्षा बोर्ड प्रदेश १ प्रमुख युवराज पौडेल, हिसान केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, केन्द्रीय सदस्यहरु राजेश कार्की,वलराम पन्त र शंकर भट्टराई, प्रदेश अध्यक्ष ज्ञानबहादुर  खडका, प्रदेश सचिव दिेपेश बास्तोला, मोरङ्ग हिसानका प्रथम अध्यक्ष डिल्ली पोख्रेल ,मोरङ्ग जिल्ला अध्यक्ष अमित ढकाल, वरिष्ठ उपाध्यक्ष टि.एन. तिम्सिना तथा विभिन्न खेलका संयोजकहरु लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए।

No description available.हिसानले गत बर्ष लिएको कक्षा ११ को बार्षिक परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने हरेक कलेजबाट १/१ जना छात्र /छात्रालाई प्रदेश १ का मुख्यमन्त्री  हिक्मत कुमार कार्कीको हातबाट सम्मान प्रदान गरिएको थियो। सोहि क्रममा हिसानका अध्यक्ष तथा कार्यकमका सभापति अमित ढकालले सम्पूर्ण अतिथि तथा खेल अफिसियललाई मायाको चिनो पनि प्रदान गरिएकाे थियो । 

माघ ९ देखि सुरू खेलकुद सप्ताहमा फुटबल (छात्र), क्रिकेट (छात्र), बास्केटबल (छात्र), भलिबल (छात्र/छात्रा), टेबलटेनिस सिंगल र डब्लस् (छात्र/छात्रा), एथलेक्टिस(छात्र/छात्रा)का खेलहरु भएका थिए । प्रतियोगितामा विभिन्न खेलमा ३२ वटा कलेजहरुका १ हजार ७ सय बढी विद्यार्थीहरुले सहभागिता जनाएकाे मोरङ्ग हिसानका वरिष्ठ उपाध्यक्ष टिएन तिमिल्सिनाले जानकारी दिए।No description available.