काठमाडौं,२० माघ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल सँग इटहरीको जनता माविका प्रतिनिधिहरुले भेट गरेका छन् । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ दंगालको नेतृत्वमा गएको टोलीले मन्त्रालयमा विद्यालयको समस्या बारेमा छलफल गरेका छन् ।
मन्त्री खनाल सँगको भेटमा विद्यालयमा कक्षाकोठा अभावका कारण विद्यार्थि भर्ना गर्न नसकिएको जस्ता समस्याहरुको बारेमा छलफल गरिएको अध्यक्ष काशिनाथ दंगालले बताए । विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी नभएका कारण जम्मा १४३ जना शिक्षक कर्मचारी मध्ये ३२ जनाले मात्र राज्यकोषबाट तलब भत्ता लिने गरेको बाकीं शिक्षक कर्मचारीको तलब भत्ता अभिभावकको सहयोगमा व्यवस्थापन गरिएको लगायतका समस्या पनी राखिएको अध्यक्ष दंगालले बताए ।
भेटमा मन्त्री खनालले विद्यालय व्यवस्थापन समिती,शिक्षक,कर्मर्चारी र विधार्थीहरुसँग अन्तरक्रिया तथा छफल गर्ने र प्राविधीकधारको अनुमतीका लगायत अन्य आवश्यक सहयोग गर्ने वचन दिनुभएको अध्यक्ष दंगालले बताए ।
त्यसैगरी टोलीले अर्थ तथा उपप्रधानमन्त्री बिष्णु पौडेल सँग पनि बिहिबार विधालयको समस्याहरु लगायतको बिषयमा छलफल गरेकोछ । कक्षा कोठाहरु,भवन निमाणका लागि आवश्यक रकम माँग गरिएको विधालयका शैक्षिक सल्लाहकार रेवति घिमीरेले जानकारी दिए । छलफल पछि मन्त्री पौडेलले विद्यालयको विकासमा आवश्यक सहयोग गर्ने वचन दिनु भएको सल्लाहकार घिमीरेले बताए ।
मन्त्रालयमा छलफलका लागि सभासद अशोककुमार थारु र इटहरीका समाजसेवी यामकुमार सुब्बाले समन्वय गरेका थिए ।
पूर्वकै नाम चलेको उक्त सरकारी विद्यालयाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रानलयले सुनसरी जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा छनौट गरेको थियो ।




















