विराटचोक,२७ माघ ।  मोरङको  सुकुना बहुमुखी क्याम्पसमा पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालको  नयाँ कार्य समिती समिति चयन भएको छ ।

बिहिवार  क्याम्पसमा भएको संघको  पाँचौँ अधिवेशनले वलराम पोखरेललाई समितिकाे सभापतिमा चयन गरेको छ । ३ वर्षे कार्य अवधि रहेको समितिमा  पोखरेललाई पुन दोश्रो कालको लागि सभापतिमा चयन गरेको हो ।

समितिको उपसभापतिमा जनार्दन गुरागाईं,सचिवमा ध्रुवप्रसाद नेपाल,सहसचिवमा टीकाप्रसाद उपाध्याय र काेषाध्यक्षमा  माया देवान रहेका छन् ।  त्यसैगरी सदस्यहरूमा उमा गुरागाईं,दीपक गौतम,निलकण्ठ दाहाल,उमा ढुङ्गेल,जितेन्द्र लिम्बू र माेहन कार्की रहेका छन् ।  

अधिवेशनमा क्याम्पस प्रमुख चन्द्र राई,सहायक क्याम्पसहरु प्रमुख अर्जुनराज अधिकारी,केशवराज भट्टराई, लगागायतको उपस्थिती रहेको थियो । नव गठित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका  संयोजक प्राध्यापक सुकदल लिम्बूले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

उक्त  अधिवेशनमा प्राध्यापक कान्ता सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन् भने संघका निवर्तमान सचिव गणेशप्रसाद दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।