• भगवती अर्याल 

इटहरी,१२ फागुन ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले इटहरी स्थित जनता माध्यामिक विधालयको उन्नयनको लागि आफुले पहल कदमी गर्ने प्रतिबद्दता ब्यक्त गरेकी छिन ।

श्री जनता माविको प्रथम जनता ओलम्पिक्स २०७९ को समापन तथा पुरस्कार वितरण कार्यक्रमका बीच नव निर्मित भवनको उदघाटनको क्रममा बोल्दै उनले जनता माध्यामिक विधालयको शैक्षिक गुणस्तर अफ फिबिरीटीका लागि आफुले अन्तर मन्त्रालय अन्तर्गत व्यवस्थापनमा जोडदिने  प्रतिबद्दता ब्यक्त गरेकी हुन् । 

332469433_114875211416985_7716787699930374250_nआजको समाज निजि शिक्षा तर्फ आकर्षित भईरहेको समयमा  जनता माध्यामिक विधालयले सामुदायिक विधालय कै आकर्षण बढाएको बताउदै कार्यक्रमकी प्रमुख अतिथि समेत रकेकी  मन्त्री चौधरीले  शैक्षिक गुणस्तर परिक्षा अनुगमन मुल्यांकन लगायत समग्र व्यवस्थापन प्रभावकारी बनाई विधालयलाई सुदृढ   बनाउन व्यवस्थापन समिती,निर्माण समिती लगायत सम्पूर्ण सम्बन्धित पक्षको योगदान रहेको उल्लेख गरेकी छिन ।

 उनले प्रवृति मैत्री शिक्षा आकर्षक भौतिक पूर्वाधार निर्माण का लागि आन्तरिक तथा बाहय सहयोग मा जोड दिने समेत प्रतिबद्दता ब्याक्त गरेकी छिन । विधालय व्यवस्थापन समितीका अध्यक्ष काशिनाथ दंगालको अध्यक्षतामा भएको कार्यक्रममा पुस १६ गतेदेखि माघ १५ गते सम्म सञ्चालन भएका जनता ओलम्पिक्सका भलिबल,लोकनृत्य प्रतियोगिता र बक्तित्वकला प्रतियोगितामा प्रथम,दितिय र तृतीय हुने विधालयका छात्र, छात्राहरुलाई नगद,प्रमाण-पत्र  तथा मेडले सम्मान गरिएको थियो । 

331782111_1192013254777834_2869036716262218427_n

यस्तै कार्यक्रममा जनप्रतिनिधि, पुर्व विधार्थी विधालय व्यवस्थापन समितिका पदाधिकारी,पुर्व प्रध्यानापक, पुर्व शिक्षक लागायत लाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो भने जनता ओलम्पिक्समा विभिन्न विधामा विभिन्न स्थान हासिल गर्ने विधार्थीहरुको प्रस्तुतीहरु रहेको थियो । कार्यक्रममा जनप्रतिनिधिको अभिभावक सुरक्षा निकायका पधाधिकारी अभिभावक लगायतको उपस्थिती रहेको थियो ।