इटहरी,१५ फागुन । सुनसरीको इटहरीस्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको प्रथम जनता ओलम्पिक्स २०७९ को समापन कार्यक्रमका अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । 

कार्यक्रमका अवसरमा पुर्व विद्यार्थी तथा संघीय सांसद कल्पना चौधरी, प्रदेश सांसद मीना श्रेष्ठ, इटहरी - ५ का वडा सदस्य तथा जनता मा विका पुर्व विद्यार्थी  गोपाल  गिरी,सामाजिक व्यक्तित्वहरु यामकुमार सुब्बा, कोविदजंग कार्की तथा पत्रकारहरु हिमाल दाहाल र विवेक विवश रेग्मीलाई सम्मान गरिएको हो ।

यसैगरी पुर्व प्रधानाध्यापक, पुर्व व्यवस्थापन समितिका सदस्यहरु, पुर्व शिक्षकहरु, पुर्व निर्माण समिति, अक्षयकोष र छात्रवृत्ती दाता, पुर्व कर्मचारीहरु तथा पुर्व विद्यार्थीहरुलाईसमेत कदर पत्र र प्रसंसा पत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले दोसल्ला ओढाएर  सम्मान गरेकी थिइन ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि चौधरीले विद्यालयको भौतिक संरचना तथा विद्यालय बस र कम्प्युटरको लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले शिक्षामा परिवर्तनको खाँचोसमेत औल्याइन् ।

कार्यक्रमको अवसर पारेर प्रमुख अतिथी चौधरीले विद्यालयले नमुना विद्यालय वापत अनुदान पाएर निर्माण गरिएको विद्यालयको १२ कोठे भवनको समेत उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य श्रेष्ठले आफुले अध्ययन गरेको विद्यालयमा आएर अतिथी बन्न पाउँदा गौरव लागेको बताउँदै आफ्नो तर्फबाट विद्यालयको विकास निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा ओलम्पिक्स अन्तर्गत आयोजित विभिन्न खेल प्रतियोगिताका विजेताहरुलाई प्रमाणपत्र तथा ट्रफीसमेत प्रदान गरिएको थियो । 

विद्यार्थीलाई पढाई बाहेकका गतिविधिमा संलग्न गराउन र फरक क्षमताको पहिचान गर्न जनता ओलम्पिकको आयोजना गरेको प्रद्यानाध्यापक पशुपति सिग्देलले बताएका छन् । संयोजक शिवराज दाहालले अर्को वर्ष अझ बृहत प्रतियोगिता आयोजना गरिने जानकारी दिए । 

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्षक काशीनाथ दंगालको सभापतीत्वमा सम्पन्न भएको थियो ।