✍️ कविता : देउजा राधाकृष्ण
बलात्कारको आरोपीहरु जेल बाट छुटदा यहाँ फुल माला हुन्छ !
न्याय पाउन पनि हैसिएत हुनुपर्ने अवस्था देख्दा यो मन त्यसै रुन्छ !!
कस्तो राम्रो देश थियो हाम्रो नेपाल , अव कस्तो हुँदै गयो !
न्याय नपाए जाने गोर्खा हुँदै बनेको नेपालमा अव हुनेखानेले त जे गरे नि भयो !!
**
इमान जमान सवै स्वाहा अनि सत्य निष्ठा सर्वत्र सक्कींदै पो गाछ !
ठुला बडा हुने खानेहरुले त औकातको आडमा आजकल जे गरे नि भाछ !!
भन्नलाइ यहाँ लोकतन्त्र छ तर काम चाहिं त्यसको उल्टो उल्टो गरिंदैछ !
यता उता उता हेर्दा लाग्छ कि देशको निकायहरु सबैमा नालायकहरु राखेर भरिंदैछ !!
**
नैतिकता र इमान अव एकादेशको कथा बन्दा अनैतिकतानै अव सफलताको सूचक बन्ने होला !
योग्यता क्षमता र वफादारिता अर्थहिन हुँदा सफलताको लागि चाहिने नै भयो रुपियाँ सहित झोला !!
काले काले मिलेर खाउँ भाले भन्दा भन्दै सवै मिलेर खाने नै पो सँस्कार भैसक्यो !
आफ्नै पौरखले सफलताको उकाली चढ्छु भन्नेहरुको त क्रमश आत्मबलनै ध्वस्त भैसक्यो !!
**
छोरी चेली असुरक्षित अनि बुढाबुढीले ठगिन पर्ने कस्तो देश भयो !
सुन्दर शान्त नेपालको इतिहास वर्तमानमा खै कता पो गयो !!
सन्ततिले आश्वास्त र अग्रजहरुले विश्वस्त हुन नसक्ने कस्तो दिन आको ?
देश र जनता प्रति जिम्मेवार बन्न पर्ने सवै किन यति साह्रो गैरजिम्मेवार भाको ??
**
घुसखोरी भ्रष्टचारी हुँदै बलात्कारी समेतले चाहिं सुरक्षित महाहुश गर्दा लोकतन्त्र रुन्न ?
ठुलाबडालाइ मात्रै सुख चैन दुखि गरिवलाइ सधैं सास्ती हुँदा कतिन्जेल हाम्रो मनलाई छुन्न ?
अव त हामि सबै उठनुपर्छ अनि जुटनुपर्छ किन कि अव त अति भयो !
सवै मिलि नकारात्मकता विरुद्ध लडनुपर्छ अव, किन कि देशको खति भयो !!