बेलबारी,३ चैत  । मोरङको बेलबारी नगरपालिका वडा नंम्बर १ मा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन ।

फागुन २५ गते दिउँसो १२.२० बजेको समयमा बेलबारी १ नक्सालबारी बस्ने वर्ष ५७ को हेम कर्ण महतले निजकी श्रीमती वर्ष ५३ कि देबि महतलाई घरायसी वादविवादको कारण धारिलो हतियारले टाउँकोमा प्रहार गरी कर्तव्य गरी मारी फरार रहेकोमा चैत २ गते दिउँसो ३.३० बजेको समयमा पथरी शनिश्वरे नगरपालिका १० स्थित पश्चिम बसपार्कमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरी ईलाका प्रहरी कार्यलय बेलबारीले सार्बजनिक गरेको छ । उनको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।