विराटचोक,९ चैत  ।  मोरङको सुन्दरहरैंचा ६  स्थित  पुर्वाञ्चल  एकेडेमीका पूर्व बिधार्थीले विद्यालयको १५ औं अभिभावक दिवसको अवसरमा १ लाख १ हजार बराबरको अक्षयकोष स्थापना गरेका छन्। 

May be an image of 9 people and people standingपूर्व विद्यार्थीहरूले पूर्व विद्यार्थी  मंच खडा गरेर सो कोषको स्थापना गरेका हुन्  । जेहेन्दार र गरिब विद्यार्थीलाई सो कोषबाट आर्जन गरेको रकमले छात्रवृति प्रदान गर्ने योजना रहेको  प्रिन्सिपल दिपेन राइले जानकारी दिए । 

   २ दिन सम्म चलेको विद्यालयको अभिभावक दिवस कार्यक्रममा पहिलो दिन समाजिक उतरदायित्व बहन गर्दै बिधार्थी मंचको आयोजनामा पुर्व बिधार्थी मिलन कार्यक्रम गरिएको साथै  रेडक्रस सोसाइटी बिराटनगरको सहकार्यमा रक्तदान कार्यक्रम गरी ५३ प्रिन्ट रगत संकलन गरेको प्रिन्सिपल राइले उल्लेख गरे । 

May be an image of 6 people and people standing१५ औं अभिभावक दिवस  नगर प्रमुख केदारप्रसाद गुरागाईंको बाहुलीबाट  उदघाटन भएको थियो । दोस्रो दिनको कार्यक्रममा पुर्व बिद्यार्थी सम्मान ,समाजमा उल्लेखनीय योगदान पुर्याउने बौद्धिक ब्यक्तित्व तथा जेष्ठ अभिभावाकलाई सम्मान गरेको थियो । सोही अवसरमा उत्कृष्ट शिक्षक, कर्मचारी तथा अभिभावकलाई समेत सम्मान गरिएको थियो । १५ जना अभिभावकलाई गोलाप्रथाको माध्यमबाट पुरस्कार प्रदान गरिएको थियो । 

May be an image of 11 people and people standingकार्यक्रममा एण्ड मिस आइकन , डान्सिङ आइडल, सिङगिङ आइडल , लिटल आइकन, स्पिच आइडल, ह्यान्डिक्राफ्ट आइडल, ड्रइङ्ग आइडल कार्यक्रमको मुख्य आकर्षण रहेको थियो। उक्त अवसरमा बिबिध आन्तरिक प्रतियोगितामा सम्पन्न बिधार्थिलाई पुरस्कार तथा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार समेत बितरण गरिएको थियो। 

  बि स २०६५ सालमा स्थापना भएको उक्त विद्यालयमा प्ले ग्रुप देखि कक्षा १० सम्मको पढाइ संचालनमा रहेको साथै  ४६ शिक्षक र कर्मचारी तथा बिद्यार्थी संख्या  करिव ८ सय   भएको विद्यालयका अध्यक्ष बलबहादुर खरेलले बताए ।

May be an image of 5 people and people standing

May be an image of ‎4 people, people standing and ‎text that says '‎STU एकेडेमी ح‎'‎‎