• ✍️ राधाकृष्ण देउजा 

नेपालको  इतिहासमै आज सम्मको ठुलो भ्रष्टचार मुद्दामा आफुले सकेको राम्रो ढंगले अनुसन्धान गर्दै रहेको प्रहरीको मनोवल घटाउन मद्दत पुग्ने यस्ता खालका समाचारले कोहि कसैको हित गर्दैन । 

त्यो पनि यति ठुलो भ्रष्टचारको ग्रयाण्ड डिजाइनरले आफुलाइ जोगाउन के भनेर वयान दिए भन्ने आधारमा अनुसन्धानमा संलग्न वा त्यसको नेतृत्व वा समन्वय गर्दै रहेको प्रहरी अधिकारीको नियत माथि सवाल खडा हुने ढंगले समाचार आउनु दुखद छ । 

भलै यसो भनेर समाचार लेख्ने छाप्नेको नियतमा शंका गरेको हैन बरु वहाँहरुलाइ यस्तो समाचारले पार्न सक्ने असर सम्झना गराउन खोजेको चाहिं  जरुर हो । हुन त आजको आम समाज सत्य तथ्य र अफवाहको विचमा भेद गर्न जान्दछ तर पनि सत्य र अफवाहको विचको फरक देख्नेले बोल्न वा लेख्न छोडनु हुदैन । त्यसैले नेपाली नागरिकहरुलाइ भुटानी शरणार्थी बनाएर  अमेरिका लाने र धन कमाउने कुराको मास्टर माइन्ड इन्द्रजित राइले भने भन्दैमा नेपाल प्रहरीका एआइजी श्याम ज्ञवालीले गैर व्यवसायिक ढंगले काम गरेर कोहि कसैको नाम पोल्न वा छुटाउन दवाव दिन्छन भनेर कोहि कसैले पत्याउँने कुरै हुदैन । अनि जसले जे  भने पनि  श्याम ज्ञवालीको नगारिकता जागिर खाँदा जे थियो , त्यही नै छ , जन्म मिति पनि जे थियो हो त्यही नै छ । 

मैले यस अगाडी पनि लेखेकै थिएँ र  अहिले पनि लेख्नै पर्छ कि सेवा प्रवेश देखि अनेकन समयमा बढुवा हुँदा मान्यता दिइएको र स्वीकार गरिएको  कोहि कसैको नागरिकता र त्यसमा उल्लेखित जन्म मिति (जो नखुलेको अवस्थामा  निजको शैक्षिक योग्यता प्रमाणपत्रले त्यसलाई प्रष्ट पारेको हुन्छ ) लाइ  कुनै निश्चित समयमा आएर विवादको विषय बनाउनु वदनियत सिवाय केहि हैन । अनि त्यो सिद्धान्त अशोक सिंह , श्याम ज्ञवाली वा अरु जोसुकैको निम्ती पनि त्यही नै हो । 

जहाँसम्म कोहि कसैले त्यसमा सवाल खडा गरे भने जिम्मेवार निकायले  निस्पक्षता कायम गर्न पनि त्यसको छानविन गर्नै पर्थ्यो । त्यसै अनुसार श्याम ज्ञवाली अनि अशोक सिंहको सन्दर्भमा पनि छानविन भयो  र त्यसरी उठान गरिएका सवाल अर्थहिन थिए भन्ने प्रमाणित भएर तामेलीमा गैसक्यो । अव त्यही स्वाभाविक प्रक्रियामा भएका  कुराहरुलाइ लिएर निजी दुष्मनीका कहानी रचेर इन्द्रजित राइले आफुलाइ जोगाउन खोज्ने अनि दुनियाले त्यही पत्याएर विचरा प्रहरीको निस्पक्षतामा शंका गर्ने हो भने त त्यो पक्कै न्यायोचित हुनेछैन । कि कसो ?