खोटाङ,२ जेठ । खोटाङको एक  गाउँका गाउँलेहरुले बहुराष्ट्रीय कम्पनीहरूद्वारा उत्पादन गरिएका पेय पदार्थ पुर्णरुपमा बन्देज गर्ने भएका छन ।

खोटाङको बुइपा-१४ कुसुङ्खा टारका सूर्योदय साँस्कृतिक परीवारले बहुराष्ट्रीय कम्पनीहरूको उत्पादन सिलप्याक रक्सी, बियर, कोकाकोला, ड्यू, पेप्सी लगायतको कुनै पनि  पेय पदार्थ पुर्णरुपमा प्रयोगमा नल्याउने निर्णय गरेका हुन ।

फजुल आर्थिक भार र घरेलु उत्पादनको सम्मानको लागि भन्दै साँस्कृतिक परीवारको सम्पूर्ण सदस्य घरधुरी भित्र गरिने शुभ बिवाह, छेवर, गुन्यू चोली,पास्नी, मृत्यु /मरण लगायतको कुनैपनी शुभ अशुभ कार्यमा नचलाउने निर्णय गरिएको  परीवारले जनाएको छ ।

साँस्कृतिक परीवारको सोमबार बसेको बैठकले आफ्ना आफन्तहरुलाई कोशेलीको रुपमा समेत यस्तो पेयपदार्थ नल्याउन समेत अनुरोध गरेको छ ।