क्रिकेट खेलाडी युवराज सिंहले सन् २०१९ जून १० मा अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । युवराज सिंहले क्रिकेटबाट सन्यास लिएपछि हालै मुम्बईमा आफ्नो रिटायरमेन्ट पार्टीको आयोजना गरे । युवराजको पार्टीमा अम्बानी परिवारसमेत क्रिकेट र बलिउडका विभिन्न सेलिब्रिटीको उपस्थिती रह्यो ।
युवराजको रिटायरमेन्ट पार्टीमा निता अम्बानी आफ्ना छोरा आकाश अम्बानी र बुहारी श्लोका मेहतासँग पुगिन् । निता अम्बानी उक्त पार्टीमा कालो परिहनमा देखिएकी थिइन् ।
पार्टीमा उनका निकै मिल्ने साथी एवं पूर्व क्रिकेटर इरफान पठान आफ्नी श्रीमती र छोरासँग पुगे । यस्तै, करण कुन्द्रा आफ्नी प्रेमिका अनुषा डान्डेकरसँग युवराजको पार्टीमा समावेश भए ।
युवराज सिंहकी पूर्व प्रेमिका एवं नायिका किम शर्मा पनि युवरानको पार्टीमा देखिइन् ।भारतीय टेनिस स्टार सानिया मिर्जा, पूर्व क्रिकेटर मोहम्मद कैफ, अभिनेता फरहान अख्तर प्रेमिका शिबानी डान्डेकरसँगै उक्त पार्टीमा देखिए ।साथै, नायिका रबिना टन्डन, नेहा शर्मा, क्रिकेटर शिखर धवन, पूर्व क्रिकेटर जहिर खान र उनकी श्रीमती एवं नायिका सागरिका घाटगेसँग देखिए । साथै, कुणाल खेमु पनि उक्त पार्टीमा उपस्थित भए ।


