काठमाडौ । विवाह एक प्रकृतिको नियम जस्तै हो । विवाह गर्नुलाई एक ठुलो सामाजिक मान्यता पुरा गरेको रुपमा लिने गरिएको छ । के हुन्छ जब विवाह गर्न गएको बेहुला दुलही नल्याई एक्लै फर्केर आउँछ ? सायद यो प्रश्नले तपाईलाई यो सोच्न बाध्य बनाएको हुनुपर्छ यस्तो कसरी हुनसक्छ ? सोच्नु पर्दैन किनभने यो सत्य घटना हो । घटना के हो भने तीन जना भारतीयको पाकिस्तानी युवतीसँग प्रेम बस्यो ।

लामो समयको प्रेम पछि उनिहरुको विवाह पनि भयो । भारतमा लोकसभा निर्वाचन हुनु भन्दा पहिले पुलवामामा ठुलो हमला भयो जसमा ४० भन्दा धेरै भारतीय सैनिकले ज्यान गुमाए । यो घटना पछि भारत र पाकिस्तान बीचको सम्बन्ध पानी बारबारको अवस्थामा पुगेको थियो । अहिले पनि सम्बन्ध सुधार हुने अवस्था छैन तर संकेत देखिएको छ । यो बीचमा एकजना पाकिस्तानमा माइतीमा बसेका छन भने थप दुई जना पत्नीको भिषा लाग्ने आशामा दिन बिताइरहेका छन् ।

उनिहरुको विवाह भएको ५ महिना भएको बताइएको छ । अहिले पाकिस्तानी नागरिकलाई भारतले सहजै भिषा दिन मानिरहेको छैन । तर पाकिस्तानले भने तीन जना भारतीयलाई सहजै भिषा दिएको खुलेको छ । बिक्रम सिंह र नेपाली सिंहले पाकिस्तानको सिन्ध प्रान्त को जैसलमेर जिल्ला को बाय गाँउकी युवतीसँग विवाह गरेका छन् । दुबै जना थार एक्सप्रेसबाट विवाहको जन्ती लिएर पाकिस्तान गएका थिए । विक्रम सिंहले २२ जनवरी को विवाह गरे भने नेपालसिंहको २६ सेप्टेम्बरमा विवाह सम्पन्न भयो ।

उनिहरु केही दिन जन्तीसहित दुलहीलाई भारत सरकारले भिषा दिन्छ कि भन्ने आशामा बसेका थिए । लामो समय कुर्दा पनि भिषा नपाएपछि उनिहरु भारत फर्किन बाध्य भएका हुन् । यस्तै, बाड़मेरका महेन्द्र सिंह अप्रिलमा जन्तीसहित पाकिस्तान पुगेका थिए । उनको पनि पाकिस्तानमा धुमधामसँग विवाह सम्पन्न भयो ।

विवाह पछि दुलहीलाई भारतले भिषा दिन्छ कि भनेर जन्ती पनि केही दिन रोकिएका थिए । केही दिन कुर्दा पनि भिषा नपाएपछि जन्ती फर्केर आए तर बेहुला फर्केनन् । तीन दुलहीका परिवारहरू सरकारी स्तरका नेताहरू र अधिकारीहरू भेटिरहेका छन् । उनिहरु नव दुलहीहरुका लागि भिषा प्राप्त गर्न खोज्दैछन् ।