लेटाङ १५ असार । आर्थिक तथा शारिरिक रुपले कमजोर भएका ब्यक्तिलाई लक्षित गरेर शनिवार लेटाङमा नागरिकता शिबिर संचालिन गरिएको छ । ईलाका प्रशासन कार्यालय उर्लाबारीको आयोजना तथा लेटाङ नगरपालिका वडा नम्बर २ कार्यलयको ब्यबस्थापनमा भएको शिबिरबाट ७७ जना ब्यक्तिहरुले नागरिक्ता पाएका छ्न  ।

नगरपालिका क्षेत्रका ४१ जना पुरुष तथा ३६ जना महिलाहरुले नागरिकता बनाएको उक्त शिबिरमा लेटाङ वडा नम्बर ३ कि ७२ बर्षिय बृखशोभा राईले समेत नागरिकता बनाएकी हुन । पहिलो पटक नागरिकता पाएकि राईलाई प्रतिनिधी सभा सदस्य घनश्याम खतिवडा, ईलाका प्रशासन कार्यलयका प्रमुख जरेन्द्र प्रसाद चापागाई र लेटाङ २ नम्बर वडाका वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले सयुक्त रुपमा नागरिकता प्रदान गरेका थिए ।

सो सिबिरबाट नागरिकता पाएकि  जेष्ठ नागरिक राईलाई अब त आमाले वृद्ध भत्ता पाउनु हुनेभो नि भन्ने प्रश्नमा ७२ बर्षिय राईले गहभरी आसुपार्दै भनिन 'खै नानी कतिन्जेल पो बाचिएलार ?

सर्बसाधारणको सेवाको लागी माग गरिएका स्थानहरुमा नागरिकता शिबिर राख्ने गरिएको ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख जरेन्द्र प्रसाद चापागाईले बताए  । वडाका जनताको अपेक्षालाई पुरा गर्न अघिल्लो बर्ष झै यसपटक पनि वडा कार्यलयमा नागरिकता शिबिर सन्चालन गरिएको लेटाङ २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले बताए ।