सम्वृद्ध नेपालको सपना बोकेर १० बर्षे जनयुद्धमा होमिएका एक युवा हुन विक्रम मैनाली । २०५८ सालमा तत्कालिन नेकपा मओवाीदको विचारवाट प्रभावित भएर
क्रान्तिको वाटो रोजेका मैनालीे प्रधानमन्त्री के. पि ओलिले भन्ने गरे जस्तै खुसि नेपालि सम्वृद्ध नेपाल बनाउने लक्ष्यका साथ जनयुद्धमा गएको बताउछन् । लामो समय सम्म नेकपा माओवादिको राजनितमा होमिएका उनि जनयुद्ध देखी शान्तिप्रक्रिया पछि समेत उनले लामो समय नेकपा माओवादिको राजनितिमा नै होमिए । तत्कालिन नेकपा मओवादि र तत्कालिन नेकपा एमाले विच भएको पार्टी एकिकरणमा मैनालि भने गोपाल किरातिले नेतृत्व गरेको नेकपा माओवादिमा गए । उनि प्रदेश सचिव हुदै केन्द्रिय सदस्य समेत बने । तर अहिलेका प्रधामन्त्रि ओलिले भने जस्तो सम्वृिद्ध राजनितिमा ल्याउन नसकेपछि उनि अहिले कृषिमो लागि परेका छन् । उनले किराति नेतृत्वमा रहेको नेकपा माओवादि वाट समेते राजिना दिएर कृषि कर्ममा लागेका छन् ।
अहिले उनि जस्तै युवाहरु मिलेर बेलबारी २ मा वहुउदेश्य कृषि फर्म खोलेर माछा, रागा, स्थानिय रैथाने जातका कुखुरा पालन गरि रहेका छन् । सुरुमा ९ जना मिलेर खोलेका हौ मैनालिले भने अहिले ३ जना साथिहरु निस्कनु भएको छ । उनिहरुले १४ विघा जमिन लिजमा लिएर ६ वटा माछाका लागि पोखरी खनेको बताए । ४५ कठ्ठा जग्गामा माछा छ, उनले थपे अहिले हामीले ७ प्रजातिका माछा पोखरीमा हालेका छौ ।
रौनि, कमन,सिल्पर,ग्रास भ्याकुर र विग्रट जातका माछा उनिहरुका पोखरीमा रहेका छन् । एउटा पोखरीमा भने छुटै जातका माछा हालेको उनले बताए । टिलोपिया जातको माछाका भुरा हालेका छौ उनले भने तिन महिनामा आफै भुरा उत्पादन गर्दो रहेछ एक पटक हालेपछि १० बर्ष सम्म पुन भुरा हाल्नु नपर्दो रहेछ । हाल उक्त माछाको बजार मुल्य ३ सय रुपैया प्रतिकिलो रहेको छ ।
उनिहरुले ५ सय रैथाने (लोकल)जातका कुखुरा समेत पालिरहेका छन् भने १५ वटा रागा समेत छन् । ४० वटा रागा , वोयर जातको वाख्रा पालने तथा आर्गनिक कृषि रिसोट खोल्न गुरुयोजना तयार भइरहेको उनले बताए । अहिले भएका दुइ वटा पोखरीलाई १७ ÷१७ कठ्ठामा पोखरी खनेर वोटिङ सहित आफनै उत्पादन खुवाउने गरी रेष्टुरेन्ट खोल्ने मैनालिले बताए ।
यसैगरी बेलबारी नगरपालिकाले समेत उक्त फर्ममा राष्ट्रिय धान दिवश मनाएको छ । धान रोप्न पुगेका बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले सामुहिक खेतिाई प्रोत्सन गर्ने समेत बताए । उनले युवालाई देशमै रोजगारी दिनका लागि आधुनिक खेतिमा जोड दिने बताए । आधुनिक कृषि औजार समेत कृषकहरुलाई नगरपालिकाले अनुदान दिइरहेको मेयर सुवेदिले बताए ।
मैनालि सहति लिला खड्का,भत्त वहादुर अधिकारी, धर्मधोज कट्वाल र रोसन कालिकोटे लगायतका युवाहरुले उक्त फर्म संचालनमा ल्याएका हुन् ।


