बेलबारी,२८ असार  । मोरङको बेलबारी ९ डाँगीहाट बजारमा रहेको डाँगीहाट लिटिल बुद्ध  बोर्डिङ  स्कुलका बिद्यार्थी आस्था राई एसइई २०७९ परिक्षामा बेलबारी नगरपालिकामा प्रथम भएको बिद्यालयले दाबी गरेको छ ।

स्थानीय राजेन राई र हिरा राईकी छोरी आस्थाले ३.८ जिपिए  प्राप्त गरेकी हुन । अहिले सम्म बेलबारी नगरपालिकाका बिद्यार्थीहरुले प्राप्त गरेको यो अंक नगरमा बढी भएका कारण दाबी गरिएको बिद्यालयका प्रिन्सिपल मणिकुमार तामाङ बताउँछन । उनी नगर प्रथम भएको दाबी गरिएपनि  आधिकारीक पुष्टि भने भएको छैन । 

बेलबारी नगरपालिका शिक्षा शाखाले भने यो कुराको पुष्टि गरेको छैन । शाखा प्रमुख भुपेन्द्र कोईरालाले अहिले आधिकारीक लब्धांकपत्र (ग्रेडसिट) प्राप्त नईनसकेको र बिद्यालयहरुले नाम र सिम्बोल नम्बर हानेर बिद्यार्थीको मार्क हेरिरहेका कारण अहिले भन्न नसकिने र लब्धांकपत्र प्राप्त भएपछि मात्र आधिकारीक रुपमा भन्न सकिने प्रतिक्रिया दिएका छन ।