इटहरी, ९ साउन । सुनसरीको इटहरीमा रहेको जनता माविले विद्यार्थीहरुलाई १ दिने अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले कक्षा ११ मा नयाँ भर्नाभएका विज्ञान विषयका विद्यार्थीहरुलाई मंगलबार अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यार्थीहरुलाई थप अध्ययनका लागि विषय छनौटगरी योजना बनाउनका साथै पठनपाठन सीप र कला विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षता भएको उक्त कार्यकममा डा. मदन मण्डल र ई.आसुतोष कर्णले विद्यार्थीहरुलाई सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक पशुपति सिग्देल,शिक्षक प्रतिनिधि शिवराज दाहाल,शिशकहरू यदु दंगाल,विकास अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।
कोशी प्रदेशकै उत्कृष्ट जनता मावि सवैको रोजाईमा परेको विद्यालय हो । विद्यालयको भौतिक संरचना, गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनका कारण नै जनता मावि सवैको रोजाईमा परेको हो । सामुदायिक विद्यालय भए पनि यो विद्यालयको भौतिक संरचना मात्रै होइन, यहाँको शिक्षा पनि उत्तिकै उत्कृष्ट रहेको छ ।
विसं २०१३ मा प्राथमिकविद्यालयको रुपमा स्थापना भएको यो विद्यालयमा अहिले नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । यहाँ व्यवस्थापन, कम्प्युटर, शिक्षा र मानविकी र यो बर्षदेखि कानुन विषय सुरु भएको छ । सुनसरी जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा परिचित जनता माध्यमिक विद्यालयलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक बर्ष २०७९/८० मा प्रोत्साहनस्वरुप १४ लाख ५० हजार रुपैया सहयो गरेको थियो । बिगतका सालहरु मा भएका एसइइ परिक्षामा पनि यो विद्यालयले उत्कृष्ट नतिजा ल्याएको छ ।
- सम्बन्धित समाचारहरु
‘कोशी प्रदेशकै नमुना विद्यालय जनता मावि : ११ कक्षामा भर्ना हुन विद्यार्थीको भीड
जिल्ला कै उत्कृष्ट जनता माविमा कक्षा ११ मा भर्नाका लागि विद्यार्थीको आकर्षण वढदाे
जनता स्कुलमा कानुन विषयका कक्षाहरु सञ्चालन हुने
जनता मा विमा अक्षयकोष स्थापनाको लागि दुई लाख सहयोग
निजी विद्यालय भन्दा अब्बल जनता मावि,तीन वर्षदेखि विद्यार्थीको चाप बढ्दो
जनता माविको ओलम्पिक्सको समापनमा भवन उद्घाटन र सम्मान
जनता माविको उन्नयनका लागि पहल कदमी गर्ने मन्त्री चौधरीको प्रतीबद्धता
जनता माविलाई स्कुल बस सहित भवन निर्माणमा सहयोग गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
जनता माविका प्रतिनिधिहरुको मन्त्रालयमा डेलिगेसन
इटहरीका बस्नेत दम्पत्तीद्वारा जनता माविमा एक लाख रुपैयाको अक्षयकोष स्थापना
इटहरीको जनता माविलाई देशकै उत्कृष्ट विद्यालय बनाउने संकल्प
जनता मावि जिल्ला कै उत्कृष्ट,सरकारबाट पायो साढे १४ लाख अनुदान
इटहरीको जनता माविले ल्यायो एसइइमा शतप्रतिशत नतिजा



















