- जोसेफ उराव
गत असार २ गते राति ताप्लेजुङमा आएको बाढी पहिरोले क्षति पुर्याएको दुखमा परेका पिडित परिवारलाई युवा संघ नेपाल सुनसरीले शनिबार राहत सामग्री वितरण गरेको हो । युवा संघ सुनसरीका अध्यक्ष सुजन लामाको अगुवाईमा गएको युवाहरुको टोलीले सय बोरा चामल र दैनिक उपभोग्य सामग्री वितरण गरेको छ ।
बाढी प्रभावित क्षेत्रहरु सिदिङ्वा, मैयाखोला र श्रीजंघा गाउँपालिकाका पिडित परिवारहरुलाई राहत सामग्री वितरण गरिएको युुवा संघका केन्द्रीय सदस्य जितेन्द्र थापाले जानकारी दिए ।
बिपदको बेला दुखमा परेका जनतालाई थोरै भएपनि केहि सहयोग पुगोस भन्ने उदेश्यका राहत सामाग्री बितरण गरिएको युवा संघका अर्का केन्द्रीय सदस्य दिवस बान्तवा राईले बताए । जनताको विपदमा युवा संघ संधै साथमा रहने र अन्य संघ संस्थालाई सहयोग गर्न नेता बान्तवाले अपिल पनि गरे ।
उक्त राहत सामग्री लिएर गएका सुनसरीका नेताहरुले युवा संघका केन्द्रीय सदस्य गोपाल न्यौपाने ताप्लेजुङका जिल्ला उपाध्यक्ष मानिक तुम्बाहामफे, एमाले ताप्लेजुङका जिल्ला सदस्य अम्बिका मिगो लिम्बु,जनसांस्कृतिक मञ्च ताप्लेजुङ्ग जिल्ला अध्यक्ष हेमराज निराैला संचारकर्मी नारद गुरागाईंलाई हस्तान्तरण गरी वितरण गर्न जिम्मा लगाएको थियो ।






















