विराटचोक, २३ साउन । मोरङको सुन्दरहरैँचा- ९ मा  निशुल्क सेनिटरी प्याड वितरण गरिएको छ । वडाको  बंगाली टोल,काली मन्दिर टोल, मुसहर टोल र सुकुम्बासी बस्तीका महिलाहरुलाई मंगलबार सेनिटरी प्याड वितरण गरिएको हो ।

नेकपा एमाले र तिनका भातृ संगठनहरु अनेमसंघ,भुमि श्रमिक संगठन, जनप्रतिनिधिको सयुक्त पहलमा सेनिटरी प्याड वितरण गरेको हो ।

उक्त सेनिटरी प्याड वितरण कार्यक्रममा भुमि श्रमिक संगठनका कोशी प्रदेश अध्यक्ष आनन्द बस्नेत,  ९ न वडाकी जनप्रतिनिधि शारदा गदाइली, नेकपा एमाले  ९ न वडा कमिटीको उपाध्यक्ष सुमित्रा दाहाल राउत, महिला नेत्रिहरु हिमा पोखरेल खनाल , भगवती बस्नेत अर्याल लगायतको सहभागिता रहेको थियो । 

366263929_3518862668360005_2335514692538566919_n