लेटाङ, २४ साउन ।  पत्रकार एवं प्रेस चौतारी इटहरीका अध्यक्ष रेवति निरौलालाई पितृ शोक परेको छ । बुबा भक्तिराम निरौलाको ८० बर्षको उमेरमा निधन भएको छ । मंगलबार दिउसोँ उपचारका क्रममा नोबेल अस्पताल बिराटनगरमा उहाँको निधन भएको हो ।

मोरङको लेटाङ ९ का स्थायी वासिन्दा स्व. बुवा  समाजसेवी तथा बुद्धिजीवी ब्याक्तित्वको रुपमा उत्तरी मोरङमा परिचित हुनुहुन्थ्यो । निरौला राजनीतिमा समेत सचेत नागरिकको रुपमा चासो र चिन्ता ब्यक्त गर्ने अगुवा हुनुहुन्थ्यो । धार्मिक ब्याक्तित्वको रुपमा समेत परिचित उहाँ पछिल्लो समय स्वास्थ्यका कारण घरैमा आराम गरिरहनुभएको थियो । एकहप्ता अघि प्रेसर डाउन भएर नोबेल अस्पतालमा उपचार गराउदै आउनुभएकोमा एक्कासि निधन भएको हो ।

उहाँ जिल्ला कृषि सहकारी संघ मोरङका सदस्य तथा सानाकिसान कृषि सहकारी संस्था लि .जातेका अध्यक्ष तारा गुरागाइ निरौला, लेटाङ नगरपालिकाका उप प्रमुख कृष्णकुमारी  पोख्रेल निरौलाका ससुरा बुवा, नेकपा एमालेका स्थानीय नेता तथा ब्यवसायि सोमनाथ निरौला  साथै पत्रकार रेवति निरौलाका पिता हुनुहुन्छ ।

आज अहिले बिहान ८ वजे लेटाङ ९ जाँतेस्थित स्थानीय तेली खाेलामा धार्मिक विधि अनुशार अन्तिम संस्कार गरिने परिबारका एक सदस्यले जानकारी दिए ।

स्व. बुवा प्रति अनलाइन सगरमाथा मिडिया भावपूर्ण श्रद्वान्जली व्याक्त गर्दछौ साथै पत्रकार रेवति निरौला साथै परिवारजनमा गहिरो समवेदना व्याक्त गर्दछौ ।