- जोसेफ उराव
केराबारी,२५ साउन । मोरङको केराबारीमा २९ औं विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल आदिवासी जनजाती महासघ समन्वय परिषद केराबारी गाउँ पालिका समितीको आयोजनामा ९ अगष्ट अर्थात साउन २४ गते दिवस मनाइएको हो ।
११ ओटा जातजातीहरुले आफ्नो संस्कृती झल्काउने झाकीहरु प्रस्तुत सहित भएको उक्त कार्यक्रम मार्फत पहिचानका आधारमा प्रदेशको नाम हुनु पर्ने र कोशी प्रदेश खारेजी माग समेत गरेको थियो । उक्त कार्यक्रमको अवसरमा केराबारी ६ मा रहेको आदिवासी सामुदायिक १ तले भवनको उदघाटन गरिएको थियो । उक्त भवनको अव आउने बजेटमा भवनको माथिल्लो तला थप्न पहल गरिने केराबारी गाउँ पालिकाकी उपाध्यक्ष मनमाया मगरले प्रतिबद्धता व्यक्त गर्नुभयो । भवन निर्माणका लागि दुईकठ्ठा जग्गा दान गर्नुहुने तारामान राई सहित उनको परिवारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संघिय युवा तथा खेलकुद मन्त्री डीकबहादुर लिम्बूको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा प्रदेशका पुर्व संचार तथा यातायात मन्त्री उपेन्द्र घिमिरे,केराबारी गाउँ पालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ,पालिकाकी उपाध्यक्ष मनमाया मगरको,गाउँ पालिकाका पुर्वअध्यक्ष रोहितबहादुर कार्की,आदिवासी अगुवा दोर्पध्वज राई प्रदेश पुनः नामांकन संघर्ष समिति मोरंगका संगठन विभाग प्रमुख वेदेन्द्र श्रेष्ठ त्यसैगरी गाउपालिकाका पूर्वउपाध्यक्ष शान्तिकुमारी लिम्बु, वडाध्यक्ष उपेन्द्र घिमिरे, महासंघका पूर्वअध्यक्ष डिल्ली सुब्बा लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
नेपाल आदिवासी जनजाती महासघ समन्वय परिषद केराबारीका सभापति प्रेम लावती लिम्बुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रममा प्रकास श्रेष्ठले स्वागत मन्तव्य भएको थियो भने पुर्ण प्रकाश पूर्वछाने मगरले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।





















