काठमाडौं,२६ साउन  । सुन तस्करी प्रकरणमा गृह मन्त्री र अर्थ मन्त्रीको राजीनामा मागे बापत नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा बिहीबार पक्राउ गरिएका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । 

काठमाडौं जिल्ला अदालतले शुक्रबार उहाँलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । शुक्रबार उहाँलाई थुनामा राख्ने म्याद लिन पुगेका सरकारी वकिललाई अदालतले थुनामा राख्न नपर्ने आदेश दिएको हो । 

नक्कली प्रमाणपत्र प्रकरणमा सीआईबीको टोलीले उहाँलाई  बिहीबार घरैबाट पक्राउ गरेको थियो । शर्माले प्रतिनिधि सभा बैठकमा सुन तस्करी प्रकरणमा गृह र अर्थ मन्त्रीले राजीनामा दिनु पर्ने बताउँदै आउनुभएको थियो । उहाँहरूले राजीनामा नदिए आफू प्रतिनिधि सभामा नै बैठक बस्ने उहाँले चेतावनी दिनुभएको थियो ।