विराटचोक,२ भदौ । मोरङको सुन्दरहरैंचा १ मा रहेको हरैँचा  मोडेल सेकेन्डरी इंगलिस स्कुलले स्वागत तथा दिक्षान्त समारोह कार्यक्रम सम्पन्न गरेको छ। स्कुलले शुक्रबार एक भव्य कार्यक्रमका बीच कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत सम्मान गरेको हो।

368693245_1312902042678645_4942721097397848316_n-1024x461कार्यक्रम सोहि वडाका वडाध्यक्ष राम बिश्वासले उदघाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष बिश्वासले  विधार्थीको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षाको महत्वलाई जोड्दै विद्यार्थीहरुले आफ्नो सपना र उदेश्य पुरा गर्न कठिन मिहिनेत गर्नुपर्ने भन्दै समाजको नेतृत्वदायी भुमिका प्रदान गर्न सक्ने बन्न मार्ग निर्देशन दिएका थिए।

368226724_6676247092427845_4994532358795887795_nउक्त विधालयमा यस वर्ष कक्षा ११ मा ३९ जना विद्यार्थी भर्ना भएको प्रिन्सिपल रुद्र थापाले जानकारी दिए । विद्यार्थीहरुको आवश्यकता  पुरा गर्ने गरि अध्ययन अध्यापनमा सरिक भइ अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको प्रिन्सिपल थापाले बताए।

 विविध सांस्कृतिक कार्यक्रम सहित भएको कार्यक्रमा विधालयमा अध्यनरत रहेका २४ जना विद्यार्थीलाई स्काउटमा दिक्षित गरिएको थियो। स्काउट लिडर बादल देवान सन्तोष घिमिरेले दिक्षित गराएका थिए । स्काउटको आधारभुत  तालिम सम्पन्न गरेर स्काउटको सदस्य बनेका विधार्थीमा  खुशी छाएको   घिमिरेले बताए ।  आगामी दिनहरुमा थप जिम्मेवारी सहित अघि बढ्न घिमिरेले प्रेरित गरेका छन्  । 

368123580_6676247489094472_9135765404922403260_nसंस्कार र प्रबिधियुक्त शिक्षामा  जोड्दै मोरङकै अब्बल विधालयको रुपमा पहिचान बनाउने विषयमा अनवरत लागिरहने विधालयका प्रवन्ध निर्देशक घनश्याम रिमालले वताए।शैक्षिक गुणस्तरमा अब्ब्ल मानिएको सुन्दरहरैंचाको नमुना विधालयको रुपमा रहेको हरैंचा मोडेल स्कुलले प्लेग्रुप देखी  कक्षा १२ सम्म पठनपाठन गराउदै आएको छ।

त्यसैगरी कक्षा ११ र १२ मा होटेल म्यानेजेमेन्ट र कम्प्युटर साइन्स संकायमा संचालित छन  । विधार्थीको रोजाईको केन्द्र र सबै अभिभावकको बिश्वास जित्न सफल हरैंचा मोडेल स्कुलले सामाजिक उतरदायित्व पुरा गर्दै पढाई संगै बिभिन्न अतिरिक्त क्रियाकलाप साथै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । 

368246473_6676247259094495_730803563743262002_n