विराटचोक,५ भदौ । मोरङको सुन्दरहरैंचा १० मा रहेको सुकुना माध्यामिक विधालय व्यवस्थापन समितीको अध्यक्षमा मातृकाप्रसाद ढकाल चयन भएका छन् । विधालय व्यवस्थापन समितीमा छनौट भएका सदस्यहरुको मंगलबार भएको छलफलबाट ढकाल सर्वसम्मतले  अध्यक्षमा चयन भएका हुन् ।

उक्त समितीमा अविभावकको तर्फ बाट ४ जना,शिक्षक प्रतिनिधिबाट २ जना,नगर शिक्षा समिती बाट मनोनित २ जना र वडाध्यक्ष सहित ९ सदस्यिय समिती रहेको सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए ।

368861100_142454182243152_9214127585259857378_n (2)अध्यक्षमा चयन भएका मातृकाप्रसाद ढकाल र सदस्य रामकुमार मास्के नगर शिक्षा समितीबाट मनोनित भएका हुन् । त्यसैगरी सदस्यहरुमा अविभावकको तर्फबाट गणेशकुमार कार्की, मनमाया तामाङ,एकेन्द्र राई, चिना निरौला रहेका छन् । शिक्षक प्रतिनिधिबाट  प्रधानाध्यापक नारायण प्रसाद गौतम सदस्य सचिव  र ड़ा. ईश्वरकुमार राई रहेका छन् । त्यसैगरी वडाध्यक्ष राजकुमार राई रहेका छन् । 

उक्त व्यवस्थापन समितीमा सहायक प्रधानाध्यापकहरु हिक्मत कुमार बस्नेत र राजेन्द्र गिरी आमन्त्रित सदस्य हुने व्यवस्था रहेको जानकारी प्राप्त भएको छ ।

गत फागुन १९ गते भएको अविभावक भेलाबाट चयन हुने भनिएको व्यवस्थापन समितीमा अविभावकको तर्फबाट ४ छनौट गर्नु पर्नेमा आकांक्षी धेरै भएको कारण  मिति सारिएको थियो ।