काठमाडौं । मानिस जीवजन्तु सबैलाई वासस्थानको खाँचो पर्छ तर वासस्थान नै संकट परेपछि स्वाभाविकै हो अस्तित्व संकटमा पर्छ । पाल्पाको हकमा पनि यस्तै भएको छ । गौथली र चमेराको वासस्थानमा मानव अतिक्रमण बढेपछि यसको अस्तित्वमा संकट आउन थालेको हो । मुखको चुच्चोमा माटो बोकेर घरका दलिन र कापहरुमा गुँड बनाउने र चिरबिर चिरबिर आवाज निकालेर मनलाई पुलकित बनाउने गौंथली आजभोलि बिरलै देखिन्छन् । पुराना घरहरु काठद्वारा बनाइने र गुँड बनाउन मिल्ने भए पनि आजभोलि सिमेन्टको चलन बढेकाले यसको अस्तित्व संकटमा परेको हो ।
केही वर्ष पहिलेसम्म रुखभरि झुन्डका झुन्ड देखिने स्तनधारी पक्षी चमेरो पनि यहाँ आजभोलि बिरलै देखिन थालको छ । मानव अतिक्रमण र वासस्थान संकट देखिएपछि चमेरा संकटमा परेको हो । पाल्पा सदरमुकाम तानसेनको अमरनारायण फूलबारी, मदनपोखराको दमकडा, अर्गलीको देउराली क्षेत्र, राम्दी, रामपुरलगायतका ठाउँमा रहेका ठूलाठूला रुखमा यो पंक्षीले आश्रय लिने गरेकोमा रुख कटानी, मानव अतिक्रमण र बिजुलीका कारण करेन्ट लागेर मर्न थालेपछि यसको अस्तित्वमा संकट आएको जानकारवाला बताउँछन् ।
यस्तै, सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई संघको अनुमति नलिई विदेश जान र कुनैपनि विदेशी प्रतिनिधिसँग औपचारिक भेट गर्न रोक लगाएको छ । यससम्बन्धी कार्यविधी निर्दे्शिका, २०७६ जारी गरी सरकारले अंकुश लगाएको हो । नयाँ व्यवस्थाअनुसार प्रदेशका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री, प्रदेशसभाका सभामुख, उपसभामुख, प्रदेश सभा सदस्य तथा मुख्य न्यायाधिवक्ता र स्थानीय तहको हकमा गाउँ कार्यपालिकाका अध्यक्ष, उपाध्यक्ष नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख, गाउँ कार्यपालिका वा नगरकार्यपालिकाको सदस्य र जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यले कुनैपनि विदेशी निकायका अधिकारीसँग संघको पूर्व अनुमतिविना भेट्न पाउने छैनन् ।
कार्यविधिमा प्रदेश तथा स्थानीय तहले विदेशी प्रतिनिधिसँग र विदेशी प्रतिनिधिले स्थानीय तहसँग सम्पर्क गर्दा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग सम्पर्क गर्नुपर्ने व्यवस्था छ । त्यस्तै प्रदेश र स्थानीय तहले विदेशी प्रतिनिधि भेटघाट गर्नुअघि छलफलको विषयवस्तु यकिन गरी विदेशी प्रतिनिधिसँगको भेटघाटको कार्यसूची वा विषयहरु खुलाई मन्त्रालयसमक्ष लेखी पठाउनुपर्ने छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।



















