पथरी,८भदौ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा लागूऔषधविरुद्ध जबर्जस्त प्रदर्शन गरिएको छ । शहरको एकमात्र नमुना विद्यालय श्री पञ्चायत माविले शुक्रवार लागूऔषधविरुद्ध प्रदर्शन  गरेको हो । सिमसिम पानीको रत्तिभर प्रवाह नगरी प्रभात–फेरिमा जुटेको विद्यार्थीको यो सक्रियताले एउटा नयाँपन दिएको कार्यक्रमका सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

विद्यालयको ४५ औँ स्थापना दिवस– भदौ ६ गतेको अवसर पारेर आज शुक्रबारको आधा पठनपाठनपछि सम्पन्न प्रदर्शनमा कक्षा ६ देखि कक्षा १२ सम्मका विभिन्न संकायगत २ बजार विद्यार्थीले हातहातमा प्लेकार्ड लिएर प्रदर्शनमा उत्रिएका छन् भने लागूऔषधको विषयमा इलाका प्रहरी कार्यालय पथरी र सामाजिक संघसंस्थाले समेत आफ्नो ब्यानरसहित सहभागिता जनाएका थिए ।

371473160_6274691285991625_4802906867234864672_n (2)विद्यालय व्यवस्थापन समितिले गत भदौ २ गते शनिबार शिक्षक,अभिभावक र विद्यार्थी प्रतिनिधिमाझ आयोजना गरेको अन्तरक्रियामा आधारित परिचय कार्यक्रमले दिएको निष्कर्षअनुरुप विद्यार्थीमा बढ्दो लागूऔषधविरुद्ध यो कार्यक्रम आयोजन गरिएको विद्यालय प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताउनुभएको छ ।

विद्यालय क्षेत्रमा मदिरा र सुर्तिजन्य बस्तु विक्री नगर्न स्थानीय व्यापारी वर्गलाई अनुरोध समेत गर्दै सम्पन्न प्रदर्शनमा धुम्रपान र मद्यपान नगरौँ!मदिराजन्य वस्तु बेचबिखन नगरौँ ! हामीलाई बच्न र बाँच्न देऊ ! गाँजा होइन,नशा हो,मृत्युको यात्रा हो! धुँवा मलाई चाहिँदैन,पढ्ने बढ्ने उमेर मिच्न पाइँदैन ! नशासँग डरौँ ! कुलतमा नफसौँ ! धुम्रपान नगरौँ ! जीवनलाई नियन्त्रणमा राखौँ ! नशारहित जीवन, स्वस्थ जीवन ! नशा छोडौँ ! मृत्युसँग नाता तोडौँ! स्वस्थ्यकर जीवन: नशामुक्त जीवन !  भयरहित जीवन ! धुँवारहित जीवन मस्त जीवन ! दुर्व्यसनीबाट बचौँ ! जस्ता आकर्षक सयौँ प्लेकार्डहरू लिएर विद्यार्थीहरू स्वयं सडकमा उत्रिएका थिए ।

Stop Tobacco ! The More You Use, The Less You Live! Keep Your Mind Clean & Body Drugs Free ! Drugs Are For Loser! Drugs Pull You Down, To The Underground! Say No To Drugs! Dreams Don't Come True In A Sniff! Giving IN To Drugs Is Giving Up On Your Future! Drugs Put the Word "Less" Next To Hope! Drugs Are Not Dope, Can't Help To You Cope!

368511516_6229468537163720_4760265988783594568_n (2)पछिल्लो समयमा पथरी शनिश्चरे नगरपालिका क्षेत्रभित्र पनि लागूऔषध प्रयोग कर्ताहरू ह्वात्तै बढिरहेको दृश्यसामु यो कार्यक्रमले निकै ठूलो प्रभाव छाडेको छ । कुलतमा नफसौँ । मूल ध्येय लेखिएको ब्यानर र सयौँ प्लेकार्ड सहित शहर परिक्रमा भएको कार्यक्रमको नेतृत्व विद्यालय व्यवस्थापन समितिको अध्यक्ष युवराज बास्कोटा र प्रधानाध्यापक अर्जुनकुमार बुढाथोले गर्नुभएको थियो । कार्यक्रममा सहायक प्रधानाध्यापक बिना राई,मोहन शर्मा,दिलिप खवास, बुद्धिनाथ अधिकारीसहित विभिन्न ८ वटा संकायका प्रमुख र सहायक प्रमुख शिक्षक शिक्षिका सहित उहाँहरूको निर्देशनमा विद्यार्थीहरूको उत्साहबर्दक सहभागिता रहेको थियो ।

368510222_305644198787160_2020936534738442798_n (2)संघीय सरकारबाट कोशी प्रदेशका लागि नमुना घोषित श्री पञ्चायत माविमा १ सय १७ जना शिक्षक कर्मचारी क्रियाशील हुनुहुन्छ भने ८ वटा संकायगत गरी ४ हजार हाराहारी विद्यार्थीहरू अध्ययनरत छन् ।

समाजको चौतर्फी विकासको लागि सहयोगी शक्ति निर्माण गर्न लालयित पञ्चायत माविमा अध्ययनरत विद्यार्थीलाई सर्टिफिकटमा मात्र जीपीए फोर वा सोभन्दा माथि होइन, आफूहरू विद्यार्थीको आचरण विकास र सामाजिक–सांस्कृतिक सहचार्यमा समेत जीपीए फोर वा सोभन्दा माथिल्लो हैसियतमा उभ्याउन चाहेको स्पष्ट पार्ने उद्देश्य रहेको उद्घोष सहित अध्यक्ष बास्कोटाको सम्बोधनमार्फत कार्यक्रम शुभारम्भ भएको थियो भने वडाध्यक्ष भीमकुमार राईले ठाउँ–ठाउँमा उभिएर विद्यार्थीको यो प्रयत्नप्रति साधुवाद सहित शुभेच्छा व्यक्त गर्नुभएको थियो ।

370696316_241600208854078_5952180151160402012_n (2)