विराटचोक,१३ भदौ । मोरङ केराबारीमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।केराबारी गाउँपालिका-५ का ५० वर्षीय लोकबहादुर लिम्बूलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेज दाहालले बताए ।

बालिकालाई उनको घरमा बलात्कार गरेको भन्दै लिम्बूविरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी परेपछी पक्राउ गरिएको इन्सपेक्टर दाहालले बताए।

 पीडित पक्षबाट जाहेरी परेपछि प्रहरीले उनलाई मंगलबार राति१० बजेतिर घरबाटै पक्राउ गरेको हो।इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएका लिम्बूमाथि इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएका लिम्बूमाथि इन्सपेक्टर दाहाल नेतृत्वको टोलीले अनुसन्धान अघि बढाउने भएको छ ।

लिम्बूविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षणको तयारी गरेको छ ।