पथरी,१४ भदौ । माेरङकाे पथरी शनिश्चरे नगरका दुई ओटा सामुदायिक विद्यालयको अनुगमन गरिएको छ । नगरपालिका अनुगमन समितिको संयोजक एवम् उपप्रमुख देवीमाया काफ्लेको अगुवाइमा बुधबार विद्यालयको अनुगमन गरिएको हो  ।

वडा नं. ८ मा अवस्थित बुद्ध मावि तथा वडा नं. ५ को अमरसिंह माध्यमिक विद्यालयमा अनुगमन गरी विद्यालयमा देखिएका समस्या तथा विद्यार्थीहरूका गुनासाहरू समेत संकलन गरी शिक्षक तथा सरोकारवाला पक्षहरू बीचमा छलफल गरिएको नगरका शिक्षा अधिकृत नविन खुलालले जानकारी दिए ।

बुद्ध माविमा भएको छलफल तथा अन्तरक्रियामा वडा अध्यक्ष नवीन कार्की तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश कार्की समेतको उपस्थिति रहेको थियाे।

विद्यालयमा देखिएका समस्या समाधान गर्न वडा कार्यालयले समन्वय गरिरहेको साथै विव्यसले  पनि शिक्षकहरूसँग अन्तरक्रिया गरी विद्यार्थीहरूको शैक्षिक सुधारका निम्ति कार्य योजना बनाई लागू गर्ने तयारी रहेको वि.व्य.स. अध्यक्ष कार्कीले जानकारी दिए। 

विद्यालयमा विद्यार्थीहरूले उठाएका गुनासा तथा समस्याका बारेमा  शिक्षक तथा वि.व्य.स. लाई जानकारी गराउँदै विद्यार्थीहरूका समस्या तत्काल समाधान गर्न शिक्षा अधिकृत नवीन खुलालले अनुरोध गरे।

371327139_324740879912412_803469875181642787_nयसैगरी आज नै अमरसिंह माविमा गरिएको अनुगमनमा केही शिक्षकले कक्षा कोठामा समयको पालना गर्ने क्रममा नियमित नभएको पाइएकोले त्यस्ता शिक्षकलाई सचेत गराउने तथा स्पष्टीकरण सोधिने साथै वि.व्य.स. तथा शिक्षक स्टाफ तथा अन्य सरोकारवालाहरू बसी विद्यालयमा टिफिन समयपछि विद्यार्थीहरूमा कक्षा छोड्ने समस्याको कारण पहिचान गरी विद्यालयमा विद्यार्थीहरूको उपस्थिति बढाउन छलफल गर्ने निर्णय भएको शिक्षा अधिकृतले खुलालले जानकारी दिए।