विराटचोक,२२ भदौ । विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले सुकुना बहुमुखी क्याम्पसलाई आर्थिक,प्राविधिक र भौतिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

बिहिबार क्याम्पसले आयोजना गरेको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नु भएको हो । क्याम्पसलाई  विश्वविद्यालय अनुदान आयोग नेपालले सहयोग गर्ने कुरा पनि उहाँले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको प्रा.डा.अधिकारीले क्याम्पसले हालसम्म गरेका उपलब्धि प्रति सन्तोष प्रकट गर्दै अब सुकुना बहुमुखी क्याम्पसले स्वयत्तताका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने र डिम युनिभर्सिटि सञ्चालन गर्नु पर्ने कुरा ब्याक्त गर्नु भयो।

क्याम्पसले अनुसन्धानका गतिविधिहरूलाई सघनरुपमा ठूलो सङ्ख्यामा सञ्चालन गर्नु पर्ने र अनुसन्धानलाई अझै नतिजामूखी गर्नु पर्ने,शैक्षिकगुणस्तरका क्षेत्रमा थप प्रयासहरू गरी  र एक नम्बर क्याम्पसमा स्थापित हुनु पर्ने कुरामा उहाँले जोड दिनु भयो ।

e36b6467-603b-45bf-8d19-c0b2ac8b0c53उक्त कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले क्याम्पसबाट नगरपालिकाले लिएको कन्सल्टेन्सी सेवा क्याम्पसले प्राविधिक धारकाकार्यक्रम सञ्चालन गरेमा भौतिक पूर्वाधारका क्षेत्रमा नगरपालिकाले सहयोग गर्ने कुरा व्यक्त गर्नु भयो।शैक्षिक गुणस्तरका क्षेत्रमा प्रोत्साहन गर्ने र सुन्दरहरैँचा नगरपालिका क्षेत्रका विद्यालयमा शिक्षकहरूको पेसागत विकासका लागि तालिम तथा सीप विकासमा क्याम्पसका विशेषज्ञहरूलाई प्रयोग गर्ने विचार पनि प्रमुख गुरागाईँले प्रस्तुत गर्नु भयो ।

कार्यक्रममा स्वमूल्याङ्कन समूहका संयोजक एवम् शिक्षक नरप्रसाद भण्डारीले विभिन्न आठवटा बेञ्चमार्कका आधारमा क्याम्पसले गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाउनुअघि प्रमाणपत्र प्राप्ति पछि र हालको अवस्थामा क्याम्पसले भौतिक, शैक्षिक,आर्थिक,पुस्तकालय,विद्यार्थी कल्याण,अनुसन्धान,प्रकाशन,सुशासन,प्राज्ञिक उन्नयन तथा पेसागत विकास,सामाजिक सम्बन्ध, शैक्षिक गुणस्तर अभिवृद्धि,विद्यार्थी सङ्ख्याको बढोत्तरी,शैक्षिकनतिजाको अवस्था,विद्यार्थीका लागि रोजगारी स्थापन,प्रतिभा पहिचान र प्रवर्धन,अभिलेखीकरण आदि क्षेत्रमा क्याम्पसले गरेका उपलब्धिहरूको तुलनात्मक प्रस्तुति गर्नु भएको थियो । 

8eed4680-69fa-47f4-9abd-d3900e3e7610स्वयत्तताका कार्यक्रमहरू सञ्चालन गर्दै डिम युनिभर्सिटि तर्फ उन्मुख हुने भएकाले कार्यक्रम उपलब्धीमूलक भएको कुरा सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धानव्यवस्थापन इकाइका प्रमुख श्री गणेशप्रसाद दहालले जानकारी गराउनु भएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा.डा. देवराज अधिकारी र नगरप्रमुख केदारप्रसाद गुरागाईँ को समुपस्थितिमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो  ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरू,लेखा समिति तथा पुनरावेदन समितिका सदस्यहरू,सञ्चालक समितिका पूर्वपदाधिकारीहरू,पूर्वक्याम्पस प्रमुखहरू,प्रतिनिधिमूलक रुपमा जनप्रतिनिधिहरू,क्याम्पस प्रमुख,सहायक क्याम्पस प्रमुखहरू,शैक्षिक कार्यक्रमका संयोजकहरू,विभागीय प्रमुखहरू,कार्यक्रम निर्देशक,फोकल पर्सन,स्वमूल्याङ्कन समूह,विभिन्न समितिका प्रतिनिधिहरू,क्याम्पमा कार्यरत शिक्षकहरू,कर्मचारीहरू,स्ववियुका पदाधिकारीहरू र विद्यार्थी गुणस्तर समूहका प्रतिनिधिहरू गरी सय जनाभन्दा बढि सङ्ख्याको उपस्थिति रहेको थियो । 

2be99528-1b73-4c4f-a273-69da013e83ceक्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले उक्त कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गर्नु भएको थियोभने कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गर्नु भएको थियो । मोरङको सुन्दरहरैँचा नगरपालिकाको १२ न. वडामा अवस्थित सुकुना बहुमुखी क्याम्पस कोशी प्रदेशकै उत्कृष्ट र ठुलो सामुदायिक क्याम्पसको रुपमा परिचित छ । 

a9afd099-f416-4a6a-a004-8b1df1465519