पथरी,१ असोज । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा भागिरथ माविले वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम गरेको छ ।

 साे कार्यक्रमकाे  उद्घाटन प्रमुख अतिथि रहेका वडा नं-४ का वडाध्यक्ष लाेककिरण न्याैपानेले गरेका थिए। 

पथरी शनिश्चरे वडा नं. ४ मा स्थापित भागिरथ माविले आयोजना गरेको र वडा नं-४ काे समन्वयमा भएकाे  कार्यक्रमका प्रमुख आतिथ्यता वडाध्यक्ष लोककिरण न्यौपानेकाे रहेकाे थियाे।

साेही विद्यालयका प्राचार्य जानुकी चेम्जोङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा साे विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का बालीविज्ञान समूहका विद्यार्थीहरूले २१ वटा स्टलमा आफ्ना विज्ञान सामग्री प्रस्तुत गरेका थिए। उनीहरूले बनाएका सामाग्रीहरूमा हाइड्रोलिक ब्रिज,हाइड्रोलिक जेसीबी, वाटर रकेट,स्मार्ट सिटी, ग्लोवल वार्मिङ् ,साेलार हिटर ,साेलार कुकर, हाइड्रोइलेक्ट्रिई सिटी र ग्रासकटर जस्ता स्थानीय सामग्रीबाट तयार पारिएको विद्यालयका सहायक प्राचार्य , विज्ञान शिक्षक एवम्  कार्यक्रम संयाेजक शैलेन्द्र बस्नेतले जानकारी दिए। 

378241644_1751368741974629_4524702248521171998_nउक्त प्रर्दशनीमा अवलोकन गर्न छिमेकी विद्यालय बुद्व मावि,दुर्गा आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, सीता आर्दश आधारभूत विद्यालय र  जनकल्याण आधारभूत विद्यालयबाट १ सय ५० भन्दा विद्यार्थीहरू उपस्थित  भएका साे विद्यालयकी प्राचार्य जानुकी चेम्जोङले  बताइन्। साेही बृहत् विज्ञान प्रर्दशनी हेर्न अभिभावक ,शिक्षक , बुद्धिजीवीहरूकाे बाक्लै उपस्थिति रहेको थियो। यस किसिमको विज्ञान प्रर्दशनी वडा नं-४ मा पहिलो पटक गरिएको स्थानीय अभिभावककाे भनाइ थियो।