• जोसेफ उराव 

केराबारी,११ असोज । मोरङको केराबारी गाउँपालिकामा कृषि मेला प्रदर्शनी कार्यक्रम हुने भएको छ । गाँउपालिका कृषि तथा सहकारी शाखाको आयोजनामा असोज २९ गते गाँउपालिका स्तरिय कृषि मेला प्रदर्शनी कार्यक्रम हुने भएको हो ।

गाँउपालिकाको वडा नं १० हाटखोलामा रहेको मङ्गलबारे बजारमा कृषि मेला प्रदर्शनी कार्यक्रम हुने कृषि अधिकृत टेक प्रसाद बास्तोलाले जानकारी दिए । विश्व खाध्य दिवसको अवसर पारेर आयोजना गरिएको कृषि मेला प्रदर्शनीमा  उत्कृष्ठ कृषक तथा कृषि उद्यमीलाई  पुरस्कृत गरिने अधिकृत बास्तोलाले बताए । 

कृषि मेला प्रदर्शनीमा  खाध्यान्न बाली, तरकारी बाली, फलफुल बाली, दलहन / तेलहन बाली, व्यावसायिक किट (मौरी, च्याउ, रेसम ) नगदे बाली अदुवा /अलैची/बेसार / उखु ), औधोगिक बाली (चिया/कफि / सुपारी), अन्य बाली (कन्दमुल तथा अन्य कृषकले उत्पादन गरेका केराबारीमा उत्पादन हुने बालीहरु) लगाएतका कृषि बालिको ८ बाली समुहमा प्रदर्शन गराईने  बास्तोलाले जानकारी दिए ।

प्रदर्शनीमा केराबारी गाँउपालिका भित्रै उत्पादन भएको हुनुपर्ने यदी समावेस गरेको थाहा हुन आएमा त्यस्ता उपजहरुलाई प्रदर्शनीको मुल्याङ्कनमा समावेस नगरिने कृषि तथा सहकारी शाखाले जनाएको छ । शाखाले जानकारी गराए अनुसार प्रदर्शनीमा समावेस गरिने बाली ल्याउदा सम्भव भए सम्म जरा सहितको पुर्ण बोट ल्याउनु पर्ने र फल मात्रै ल्याउदा पात सहित भेट्ना भएको झुप्पा तथा अवस्था तथा प्रकृति हेरी हागा / डाली सहित ल्याउनु पर्नेछ । 

उत्कृष्ठ छनौटमा उपजको व्यवसायिकता तथा उपभोक्ता ले बढि रुचाईने साईजलाई समेत ख्याल राखिने भएकाले सो बिषयलाई पनि ध्यान दिनु पर्नेछ । उक्त दिन प्रदर्शनी बाहेक गाँउपालिकाले तोकेको स्थलमा थप आ-आफ्ना उपज बिक्री गर्न समेत पाईने र प्रदर्शनीमा समावेस गरिएका प्रत्येक ८ समुहका फसलहरुलाई मुल्याङ्कन समितिबाट मुल्याङ्कन गरी गाँउपालिकाले तोके बमोजिम प्रत्येक समुह बाट प्रथम, दितिय तृतिय र सान्त्वना हुनेलाई पुरस्कृत गरिने बास्तोलाले जानकारी दिए।   प्रदर्शनी कार्यक्रममा सहभागी हुन ईच्छुक किसानहरुले असोज २९ गते सोमबार बिहान १० बजे भित्र सम्बन्धित तोकिएको स्थानमा बाली तथा उपज पुर्याई प्रदर्शनका लागि दर्ता गराई सक्नु पर्ने  कृषि तथा सहकारी शाखाले जनाएको छ ।