पथरी,२६ असोज  । प्रदेश गौरवको रूपमा प्रवर्दित पथरी शनिश्चरे नपा वडा नं. १ स्थित श्री पञ्चायत माविमा आन्तरिक परीक्षा सम्पन्न भएलगत्तै आजदेखि बिदा आरम्भ भएको छ । 

यसवर्षको शैक्षिकसत्रअन्तर्गत कक्षा १० सम्मको सेकेण्ड टर्मिनल र कक्षा ११–१२ को फस्ट टर्मिनल परीक्षा आजकै दिनमा सम्पन्न भएसँगै नगरपालिकाद्वारा चालू शैक्षिकसत्रका लागि जारी क्यालेण्डरअनुसार बिदा आरम्भ गरिएको हो । दशैँ नजिकँदै गर्दा यसको मुखमा बिदा भएकोले विद्यार्थी भाइबहिनीहरूलाई टीका, पुष्पगुच्छा र मिठाइँ खुवाएर विद्यालय व्यवस्थापन समितिले दशैँको शुभकामना बाँडेको छ । 

20eb536a-9f4a-4f5c-b8e1-69d096dd2f1fविव्यस अध्यक्ष युवराज बास्कोटा, १ नं. वडाध्यक्ष एवम् विव्यस सदस्य भीमकुमार राई, गोमा दाहाल निरौला, आईबी राई, रामप्रसाद तामाङ, प्रमिशा धिमाल, शारदा बस्नेत, भूतपूर्व विद्यार्थी टिकेन्द्र पौडेल, सल्लाहकार सदस्य कृष्णप्रसाद तिम्सिना र सहायक प्रधानाध्यापक बुद्धिनाथ अधिकारी सहित सम्पूर्ण गुरुजनको सक्रिय समोपस्थितिमा विद्यार्थीको परीक्षाअनुकूल ३ सिफ्टमा कार्यक्रम सम्पन्न भएको थियो ।  

365594ca-c434-4e55-912a-f4314192737e

भागवतबाचक गुरु केवलकृष्ण अधिकारीले हाम्रो पूर्वीया दर्शनमा आधारित बडादशैँलगायत चाडपर्वको वैज्ञानिक र व्यवहारिक ज्ञानबारे प्रशिक्षित तुल्याउनुहुँदै आरम्भ भएको कार्यक्रममार्फत घटस्थापना, फूलपाती, बडादशैँ, तिहार, दीपावली, नेपाल सम्वत ११४४, छठ, बकर ईद, ल्होसार, उधौली आदिको अवसरमा परस्पर शुभकामना आदानप्रदान भएको विव्यस अध्यक्ष बास्कोटाले बताउनुभयो । 

यी चाडपर्व हाम्रालागि प्रेरणाको स्रोत हुन् । परस्पर शुभेच्छा व्यक्त, आशीर्वाद ग्रहण, सद्भाव साटासाट, मनोरञ्जन र शुभकामना आदानप्रदानका संगमहरू हुन् । यसलाई सामुहिकतामा जोड्दै संस्कार सहितको शिक्षा आजको आवश्यकता रहेको गुरु अधिकारीले टीका आरम्भ गर्दै बताउनुभयो ।

e575b5cd-01cf-4f11-9882-a0e94cd9633a77310936-cc8e-43cf-a6ab-d47ddbb1043700172818-2ea4-41ba-8623-7170489f55b4

fd0bd2f7-dc7f-41ac-9351-8599d1b289c4