अछाम—कैलाली र अछाम जिल्लामा दुई जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

कैलालीको टीकापुर नगरपालिका–२ राजीपुरमा बस्ने ५५ वर्षीय लालबहादुर ठकुल्ला बुधबार आफ्नै घर नजिकैको नालामा मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे स्थानीयबासीले जानकारी दिएपछि प्रहरी पुगेको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

यस्तै, अछामको पञ्चदेवल विनायक नगरपालिका–९ भानाकोटमा पनि एक पुरुषको शव फेला परेको छ। दैलेखको जैखोला जाने झोलुङ्गे पुल नजिक कर्णाली नदी किनारमा नाम, थर र वतन नखुलेको पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।