विराटचोक २७ असोज । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एनप्याबसन) मोरङ जिल्ला कार्यसमितिले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार बेलबारीको बेतना सिमसारमा भएकों कार्यक्रममा २०८० सालका महान चाडहरु बडा दशैँ,तिहार छठ लगायतका पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम  गरेको हो ।

कार्यक्रममा भर्खरै सम्पन्न भएको एनप्याबसनको जिल्ला अधिवेशनबाट निर्वाचित गराएकोमा प्रतिनिधि तथा सहयोग गर्नुहुने महानुभावहरुलाई  पदाधिकारी तथा सदस्यहरुले धन्यवाद ज्ञापन गरेका थिए । 

एनप्याबसन मोरङक अध्यक्ष नारायण प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एनप्याब्सनका  केन्द्रिय सचिव राजन छाराहाङ्गको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै एनप्याब्सन कोशी प्रदेश समितिका उप सचिव कमल खनाल लागायतको आतिथ्यता रहेको थियो। 

उक्त कार्यक्रममा केन्द्रिय सचिव छाराहाङ्गले मन्तव्य गर्दै शिक्षा विधेकमा अहिले निजि विद्यालयलाई ढाड सेक्ने गरि सरकारले निति ल्याएको प्रति यसलाई परिमार्जन गरि लानु पर्ने बताए।हाल एनप्याबसन मोरङमा  २५ नयाँ विद्यालय समावेश भएको उप सचिव कमल खनालले जानकारी दिए ।

जिल्ला अधिवेशनमा भएको तिक्तता मेटन गरिएको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा अर्को पक्ष समेत अनुपस्थित भएको थियो। सो बारेमा एक जुट हुन आग्रह गर्दै सबैको नेतृत्वलाई स्वीकार गर्न सक्नु पर्ने धारणा राखेका छन । हाल नयाँ कार्यसमिति ढकालको नेतृत्वले कार्यभार सम्माल्दै आएका छन।